Jilla Ban Notis

सुस्ता गाउंपालिकाद्धारा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साईकल वितरण ।

0 22

सुस्ता,कार्तिक–२७

नवलपरासीको सुस्ता गाउंपालिकाले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साईकल वितरण गरेको छ । पालिका भित्र रहेका सबै नागरीकहरुको लागि सर्व सुलभ स्वास्थ्य सेवा प्रदान गर्न सहज होस भनेर
महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई साईकल वितरण गरेको सुस्ता गाउंपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ ।

सुस्ता गाउंपालिका भित्र रहेका ३५ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सुस्ता गाउंपालिकाले एक कार्यक्रमका विच साईकल वितरण गरेको सुस्ता गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले बताउनु भएको छ ।

पालिका भित्रका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई सुत्केरी महिला,गर्भवति महिल र खोप अभियान जस्ता कार्य सम्पादन गर्र्दा सहज र सरलहोस भनेर साईकल वितरण गरीएको सुस्ता गाउंपालिकाका प्रशासन शाखा प्रमुख बिष्णु ढकालले बताउनु भएको छ ।

आफुहरुलाई गाउंपालिकाले साईकल दिदा आफुहरु हर्षित भएको महिला स्वास्थ्य स्वयंसेविकाहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.