Jilla Ban Notis

सुस्ता गाउँपालिकाले सुरु गर्न लाग्यो किसान सूचीकरण

0 59

श्याम थापा
सुस्ता ,चैत ११

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले किसान सूचीकरण गर्ने कार्यक्रमको अभियान सुरु गरेको छ । सुस्ता गाउँपालिकाले आयोजना गरेको किसान सूचीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागी अगुवा किसान र सरोकारवालाहरुलाई पालिकाले किसानहरुको सूचीकरण गर्ने कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।

सुस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको अध्यक्षयतामा भएको अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिका वार्ड न १ देखि ५ सम्मका अगुवा किसानहरुको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले किसान सूचीकरण कार्यक्रम सुस्ता गाउँपालिका कार्यालयको मात्र नभई सम्पुर्ण सुस्ताबासी र सरोकारवालाहरुको आफ्नो कार्यक्रम रहेको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार यो कार्यक्रमले वास्तविक किसानहरुको पहिचान हुने,अनुदान कार्यक्रमलाई व्यवस्थित बनाउने र सुस्ता गाउँपालिका भित्र यति किसानहरु रहेको भन्ने एक किसिमको तथ्यांक पनि तयार हुने हुँदा किसान सूचीकरण कार्यक्रम पालिकाले सुरु गर्न लागेको बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रमको सहजीकरण कृषि शाखा सरावल गाउँपालिका का प्रमुख कुलदिप मिश्रले गर्नु भएको थियो ।

सो अभिमुखिकरण कार्यक्रममा सुस्ता गाउँपालिका वार्ड न २ का अध्यक्ष एवं गाउँपालिका का प्रवक्ता कृष्णलाल मुखिया र सुस्ता ४ का वडा अध्यक्ष अशोक कुमार गुरुङ्गले किसान सूचीकरण कार्यक्रम फलदायी हुने र यसले किसानहरुलाई नै फाइदा हुने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.