Jilla Ban Notis

सुस्ता गाउँपालिकाले गर्यो जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रम

0 50

श्याम थापा

सुस्ता १० बैशाख

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको कार्यालयले जनप्रतिनिधि संग फेरि भेटौला कार्यक्रम गरेको छ ।
आशन्न स्थानीय तहको निर्वाचन २०७९ को यही बैशाख ३० गतेका दिन मिति तय भएपछि सुस्तामा रहेका जनप्रतिनिधिहरुलाई पुनः भेट हुने आशा राख्दै कार्यालयले सम्मान स्वरुप खादा ओढाई फेरि भेटौला कार्यक्रम गरेको हो ।

पालिका का प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको अध्यक्षयतामा एक कार्यक्रम गरि जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रम गरिएको थियो ।

जनप्रतिनिधि र कर्मचारी बीच यो ५ बर्षको अन्तरालमा भएका गतिविधि बारे समिक्षा गर्दै आज सम्म सुस्ताका जनप्रतिनिधिले र कर्मचारीहरुको सम्बन्ध प्रगाढ रहेको र कार्यालयले जनप्रतिनिधिहरुलाई बिदाइ गर्न नचाहदा चाहदै देशको संघीय कानुन तथा निति नियममा सबै चल्ने पर्ने भएकोले जनप्रतिनिधिहरुको करिब ५ वर्ष अवधी पूरा भएको हुदा कर्मचारी तथा कार्यालयको तर्फबाट जनप्रतिनिधिहरुलाई फेरि भेट हुने आशा राख्दै कार्यालयबाट बिदाइ गरिएको पालिका का प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताएका छन् ।

पालिकाले आयोजना गरेको जनप्रतिनिधिहरुसंग फेरि भेटौला कार्यक्रममा आफ्नो भनाइ राख्दै सुस्ता गाउँपालिका अध्यक्ष प्रभुनाथ यादवले आज सम्म हामी जनप्रतिनिधिहरुबाट भएका कमि कमजोरीलाई कर्मचारीहरुले अनर्थ नलिनको लागि आग्रह गरेका छन् त्यस्तै सुस्ता ४ का वडा अध्यक्ष अशोक गुरुङ्गले हामी चुनावमा जानी बेला भएको हुदा हामी मध्ये कोहि ब्यक्ति फेरि भेटिन सक्ने बताए र अर्का सुस्ता २ का अध्यक्ष एवं प्रवक्ता कृष्णलाल मुखियाले कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको बसाईलाई अगामी दिन ख्याल गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।

सो जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रममा मन्तव्य राख्दै पालिका उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले आफ्नो व्यक्तिगत पिडालाई भुलाएर आफू जनताको सेवामा लाग्दा लाग्दै आफ्नो कार्यकाल ५ वर्ष पुगेको पत्तो नलागेको र अब यति मिलेको जनप्रतिनिधिहरु फेरि भेट होला नहोला भन्दै भावुक भएकी थिइन् ।

त्यसैगरि कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले कर्मचारीहरुले गरेको काम र हामी प्रती माया र हामी जनप्रतिनिधिहरुलाई सफल पार्न गरेको उल्लेखनीय कामले गर्दा नेपाल सरकारबाट रामप्रसाद पाण्डेय सम्मान भएको तर यो सम्मानमा सम्पुर्ण जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोग रहेको भन्दै अध्यक्ष पाण्डेयले अब आउने स्थानीय तहको चुनावमा हामी सबै जनप्रतिनिधिहरुले गरेका राम्रो कामको प्रचारप्रसार गरेर जनताको सामु जाउ र अवश्य जनताले हामीलाई मुल्यांकन गर्ने छ भन्दै पालिकाले आयोजना गरेको फेरि भेटौला कार्यक्रममा सम्पुर्ण कर्मचारी परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।

सो कार्यक्रमको अवसरमा जनप्रतिनिधिहरुले आ आफ्नो पदबाट पालिकामा राजीनामा पेश गरेका छन् भने जनप्रतिनिधिसंग फेरि भेटौला कार्यक्रमको संचालन सुस्ता गाउँपालिका का योजना शाखा प्रमुख बिष्णु प्रसाद ढकालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.