Jilla Ban Notis

सुस्ता गाउँपालिकाद्धारा क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय ।

0 23

कृष्ण ढकाल
बर्दघाट,चैत्र–७
कोरोना भाइरस सम्वन्धि सचेतना र रोकथामका लागि सुस्ता गाउँपालिकाले शुक्रवार विभिन्न निर्णयहरु गरेको सुस्ता गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । शुक्रवार भएको बैठकले
कोरोना भाइरस सम्बन्धी जानकारी र आपातकालीन स्थिति को लागि क्विक रेस्पोन्ज टिमको गठन गरेको छ । त्यसैगरी सचेतनामुलक पर्चा पम्प्लेट र ब्यानर सहित गाउँ टोल जाने निर्णय समेत गरेको छ ।
त्यस्तै सुस्ता गाउपालिका वडा नंम्वर ५,पक्लिहवामा रहेको अस्पतालको लागि निर्माण भएको भवनमा तत्कालका लागि क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले जानकारी दिनु भएको छ ।
त्यसैगरी यसअघिदेख नै संचालनमा ल्याईएको हेल्प डेस्कलाई अझै प्रभावकारी गराउने निर्णय समेत भएको अध्यष पाण्डेले जानकारी गराउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.