Jilla Ban Notis

सुस्तावस्तीमा आज देखि बिजुली बत्ति बल्यो,सुस्तावासी हर्षित

0 29

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२८
सुस्ता गाउंपालिका वडा नम्वर ५ मापर्ने सुस्ताबस्तीमा आज वाट बिजुली बत्ति बाल्न शुरु भएको छ । नेपाल भारतको सिमा विवादले मात्र चर्चामा आउने सुस्तावस्तीमा बिद्युत विस्तारको विकल्प नभएपछि सौर्य मिनिग्रिड परियोजना मार्फत आज पहिलो पटक बिजुली बत्ति बालिएको हो ।

सुस्ता गाउंपालिका अध्यक्ष राम प्रसाद पाण्डेले आज उक्त सौर्य मिनिग्रिडको स्टेशनमा सुईज अनगरी बिजुली बत्ति बाल्ने कार्यको परिक्षण शुरु गर्र्नु भएको थियो । अध्यक्ष पाण्डेले सुईज अन गरेसंगै सुस्तावस्तीका सबै घरहरुमा उल्योलो भएपछि स्थानियवासीहरु हर्षित भएका छन्।

दिपावलीको पुर्व सन्ध्यामा सोलार मिनि ग्रिडको परिक्षण संगै सुस्तामा उज्यालो दिपावलीको शुरुवात भएको छ । यद्यपि उक्त परियोजनाको औपचारीक समुद्घाटन भने केहिदिन पछि मात्र हुने सुस्ता गाउंपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ ।

सुस्ता गाउंपालिका वडा नम्वर ५ मापर्ने सुस्ताबस्तीमा अहिले २ सय ६५ घर परिवार बसोवास गर्ने गरेका छन् । आफ्नै भुमिमा जानकालागि समेत भारतीय भु–भागको प्रयोग गर्नुपर्ने वा नारायणी नदीमा डुगांको जोखीमपूर्णयात्रा गरेरमात्र जानसकिने सुस्तावस्तीमा टपसन ईनर्जी प्रा.लि.ले परियोजना निमार्ण सम्पन्न गरेसंगै आजवाट बिजुली बत्ती बाल्न शुरु गरीएको हो । १ सय किलोवाट बिद्युत उत्पादनको क्षमता रहेको उक्त परियोजनाको गत कार्तिक ५ गते नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले शिलन्यास गर्नु भएको थियो ।

प्रद्यानमन्त्री के.पि शर्मा ओलीले सुस्ता उज्यालो परियोजनाप्रति चांसो लिएका कारण दर्शै अघि नै सुस्ताबस्तीमा बिजुली बत्तिबाल्ने तयारी गरीए पनि कोभिड–१९ का कारण समुद्घााटन गर्न नसकिएको अध्यक्ष पाण्डेले बताउनु भएको छ ।
४ करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैया कुललागत रहेको सो परियोजनामा बैकल्पिक सौर्य उर्जा प्रवर्दन केन्द्रको २ करोड ८८ लाख ५५ हजार ३ सय ६१ रुपैया,संघिय मामिला मन्त्रालयको तराई समृद्धि कार्यक्रमवाट १ करोड ७५ लाख र सुस्ता गाउँपालिकाको १७ लाख ३६ हजार ९ सय ७ रुपैया लगानी रहेको छ ।

Leave A Reply

Your email address will not be published.