Jilla Ban Notis

सुस्ताले सुरु गर्‍यो निशुल्क अल्ट्रासाउण्ड सेवा

0 105

सुस्ता ९ भदौ

पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको कार्यालयले गर्भवती महिलाहरुलाई मध्यनजर गर्दै अल्ट्रासाउन्ड द्वारा निशुल्क गर्भ परिक्षण सेवा सुरु भएको छ ।

सुस्ताका गर्भवती महिलाहरुले भिडियो द्वारा आफ्नो गर्भ परिक्षण गर्न गोपिगन्ज,परासी,बुटवल र भारत लगायतका ठाउँमा गएर गर्भ जाच गराउन आवतजावत गर्दा गर्भवती महिलाहरुले विभिन्न समस्याहरु भोग्न परेको हुदा पालिका भित्रका सम्पुर्ण गर्भवती महिलाहरुलाई निशुल्क रूपमा भिडियो द्वारा अर्थात अल्ट्रासाउन्ड मेसिनबाट गर्भ जाच सेवा सुचारु गरिएको सुस्ता गाउँपालिका का अध्यक्ष टेक नारायण उपाध्यायले बताउनु भयो ।

गापा अध्यक्ष उपाध्यायले अब हाम्रो पालिका भित्रका महिला दिदीबहिनीहरुले गर्भवती भएको अवस्थामा अन्य स्थानमा जानुपर्ने समस्या हल हुने र पालिका भित्रका गर्भवती महिलाहरु निर्धक रूपमा कुडिया स्वास्थ्य चौकीमा आएर निशुल्क गर्भ जाच गराएर सेवाको भरिपूर्ण रूपमा फाइदा लिनका लागि आग्रह गर्नु भएको छ ।

गापाका अध्यक्ष उपाध्यायले एक कार्यक्रम गरि अल्ट्रासाउन्ड अर्थात भिडियो द्वारा गर्भ परिक्षण सेवाको बिहीवार सुभारम्भ गर्नुभएको छ भने यो सेवा कुडिया स्वास्थ्य चौकीबाट प्रदान हुने सुस्ता गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.