Jilla Ban Notis

सुस्ताले बनायो वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऎन

0 42

श्याम थापा
माघ

पश्चिम नवलपरासीको सुस्ता गाउँकार्यपालिकाको कार्यालय कुडियाले वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन ऎन २०७७ बनाएको छ । कानुन तथा बिध्येक ऎन समितिका अध्यक्ष अशोक कुमार चौधरीले प्रस्तुत गरेको वातावरण तथा प्राकृतिक स्रोत ऎनलाई बुधबार भएको सुस्ता गाउँपालिकाको आठौं गाउँ सभाले अनुमोदन गरेको छ ।

साथै कानुन तथा बिध्येक समितिका अध्यक्ष चौधरीले शिक्षा ऎन २०७७ को संशोधन बिध्येक पेश गरेका थिए भने सो संशोधन शिक्षा ऎन २०७७ लाई पनि आठौं गाउँ सभाले अनुमोदन गरेको छ । सो आठौं गाउँ सभामा बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सभाका उपाध्यक्ष एवं सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनीले आर्थिक बर्ष ०७७र०७८ को योजनाको १ करोड ५६ लाख बराबरको बजेट संशोधित गरिएको प्रस्तुत गरेकी थिइन् ।

उपाध्यक्ष थरुनीले सुस्ता गाउँपालिका एक किसिमको समृद्ध सुस्ता तर्फ लम्किएको र पालिकाको कृषि तर्फमा ३० वटा कृषक समुह,१ सय ८ वटा पशुपालन फर्म दर्ता भएको र ५५ जना कृषकलाई स्प्रेट्ण्की,६१ वटा कृषि मोटर,५० क्युन्ट्ल गहुँ,१९४४ किलो आलूको बिउ,७० किलो प्याजको बिउ,२९७ किलो लसुनको बिउ र ७९ जना कृषकलाई तरकारीको बीउ अनुदान स्वरुप वितरण गरिएको छ भने स्वास्थ तर्फ १० शैयाको अस्पतालको थालनी,भौतिक पुर्वधार तर्फ ५ सय मेट्रिक टन कोल्ड स्टोरको निर्माण कार्य थालनी गरेको,करिब ९ किलोमीटर पक्की सडक निर्माण कार्य सम्पन्न र १ वटा बहुउद्देश्यीय सभाहल निर्माण कार्य सम्पन्न भएको प्रतिबेदनमा प्रस्तुत गरेकी थिइन् ।

सो सभालाई सम्बोधन गर्दै सभाका अध्यक्ष एवं सुस्ता गाउँपालिका अध्यक्षले शिक्षा,स्वास्थ्य,भौतिक,महिला तथा युवा,कृषि र पशुपालन जस्ता योजनाहरुमा पालिकाले फड्को मारेको र हेर्न लाएकको सुस्ता देख्न लाएकको सुस्ता बन्दै गएको बताए ।

आफूहरुको कार्यकालमा सुस्तालाई समृद्ध सुस्ता र नमुना सुस्ता बन्ने दाबी गरेका थिए । सभामा गाउँ सभा सदस्य कृष्ण पन्तले पालिकाले अनुदान जस्ता कार्यक्रमको अनुगमन ध्यान दिनुपर्ने,नीति र विधि चुस्त दुस्त गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।त्यस्तै अर्का गाउँ सभा सदस्य निल बहादुर गुरुङले नदिजन्य पर्दाथको भइरहेको चोरी निकासी कार्यलाई पालिकाले नियम बनाएर राजस्वको दायरामा ल्याउनु पर्ने सुझाव व्यक्त गरेका थिए भने गाउँ सभा सदस्य ज्ञान प्रसाद न्यौपानेले योजनाहरु बहुजनमुखी हुनुपर्ने सुझाव दिएका थिए सो सभामा शुभकामना मन्तव्य राख्दै सुस्ता गाउँपालिका वार्ड न २ का वडा अध्यक्ष एवं गाउँपालिकाको प्रवक्ता कृष्णलाल मुखियाले कुनै पनि अनुदानको कार्यक्रमलाई डाटाबेसमा लागू गर्नु पर्ने तथा युवा रोजगार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने रायसुझाव व्यक्त गरेका थिए ।

सभामा स्वागत मन्तव्य सुस्ता गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले गरेका थिए भने सभाको संचालन सुस्ता गाउँपालिकाको योजना शाखा प्रमुख बिष्णु प्रसाद ढकालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.