Jilla Ban Notis

सुस्तामा निःशुल्क आंखा चेकजांच शिविर संचालन हुदै ।

0 8

कृष्ण ढकाल
बर्दघाट,मंसीर–३०
आगामी पौष ४ गते सुस्तामा निःशुल्क आंखा चेकजांच शिविर संचालन हुने भएको छ । लायन्स क्लव अफ सुस्ताको आयोजना र सुस्ता गाऊंपालिकाको सहयोगमा उक्त निःशुल्क शिविर संचालन हुन लागेको हो । परासीमा रहेको विनोद निता आंखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन गर्न लागिएको लायन्स क्लव अफ सुस्ताका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)ले गाऊंले दर्पण अनलाईलाई बताउनु भएको छ । शिवीरमा आउने सबैका लागि आवश्यक पर्ने प्राथामिक तहको औषधि उपचार र सामान्य अप्रेसन खर्च समेत क्लवले निःशुल्क रुपमा प्रदान गर्ने अध्यक्ष पाठकले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.