Jilla Ban Notis

सुस्तामा औषधी पसल बिना दर्ता संचालन

0 229

गौरीशंकर जयसवाल

परासी ११ पुस
पश्चिम नवलपरासीमा सचेतनामुलक बजार अनुगमन गरिएको छ । संयुक्त जिल्ला बजार अनुगमन समिती नवलपरासीले जिल्लाको सुस्ता गाउँपालिको बिभिन्न स्थानमा रहेको पसलहरुमा सचेतनामुलक बजार अनुगमन गरेको छ ।
बजार अनुगमन समितीले जिल्लाको सुस्ता गाउँपालिकाको वडान १ र २ मा संचालन रहेको रेष्टुरेन्ट, किराना पसल, औषधी पसल र फेन्सी पसलहरुमा बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत गंगाधर पाण्डेयले जानकारी दिनु भएको छ ।

उहांका अनुसार अनुगमनको क्रममा अधिकास किराना पसलहरुमा मुल्य सुर्जी नराखे पाईएको र अनुगमनको क्रममा अखाद्य बस्तुहरु भेटिएको बताउनु भयो ।उपभोक्तहरुले देखिने गरी मुल्यसुर्जी अनिर्वाय राख्न निर्देशन दिएको उद्योग अधिकृत पाण्डेयले बताउनु भयो ।

ब्जार अनुगमनको क्रममा सुस्ता वडान २ स्थित कुडियामा संचालन गरेको औषधी पसल बिना दर्ता बिना संचालन गरेको पाईएको र उक्त औधषी पसल संचालनलाई सम्बन्धित निकायमा दर्ता गरी संचालन गर्न निर्देशन दिईएको उद्योग अधिकृत पाण्डेयले जानकारी दिनु भएको छ । ।रेष्टुरेन्टहरुमा किचनमा सरसफाई नदेखिएको र तुरुन्त सफासुगर सरसफाईमा ध्यान दिन निर्देशन दिईएको पाण्डेयले बताउनु भयो ।

अनुगमनको क्रममा अखाद्य बस्तु भेटिएको र म्याद गुज्रेको खाद्य बस्तु भेटिएको पाईएकोले तुरुन्त उक्त अखाद्य बस्तु भेटिएको र म्याद गुज्रेको खाद्य बस्तु नष्ट गरिएको ईलाका प्रशासन कार्यालय सेमरी नवलपरासीका प्रशासकिय अधिृकत दिपेश उप्रेतीले जानकरी दिनु भयो ।

सुस्ता गाउँपालिकाको बिभिन्न सथन गरी २२ वटा रेष्टुरेन्ट किराना पसल औषधी फेन्सी पसलहरुमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका मनोज चौधरीले जानकारी दिनु भयो ।

अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत गंगाधर पाण्डेय, ईलाका प्रशासन कार्यालय सेमरी नवलपरासीका प्रशासकिय अधिृकत दिपेश उप्रेती,सुस्ता गाउँपालिका बिष्णु अधिकारी उपभोेक्ता हित संरक्षण मंचका जिल्ला सचिव मोहन पौडेल, बरुवा प्रहरी चौकीका सई रामराज यादव पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.