Jilla Ban Notis

सुलभ वचत तथा ऋण सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा सम्पन्न ।

0 19

बर्दघाट,कार्तिक–३०
सुलभ वचत तथा ऋण सहकारी संस्था लिमिटेड बर्दघाट ७ को नवौ बार्षिक साधारणसभा शनिबार राष्ट्रिय मावीको प्रांगणमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष जीवनाथ पौडेलको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र कुामर अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै सासंद अधिकारीले प्रदेश सरकार सहकारी मार्फत कृषि क्षेत्रका नयाँ योजना ल्याउने बताउदै सहकारीले छरिएर रहेको पुँजी एकीकृत गरेको बताउनुभयो । सासंद अधिकारीले समुन्नत एंव समृद्ध राष्ट्रका लागि सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड पनि दिनुभएको थियो । सोही अवसरमा बोल्दै बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष एंव कार्यपालिका प्रबक्ता रविन्द्र बिक्रम हमालले सहकारीहरुको एकीकरण तर्फ ध्यान दिनुपर्ने जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बाल्मिकी बहुउदेश्शीय सहकारी संस्थाका अध्यक्ष सुर्यनाथ अधिकारी, शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सो अवसरमा अध्यक्ष पौडेलले अध्यक्षको प्रतिबेदन र लेखा समितिको तर्फबाट संयोजक खेमराज सुवेदीले लेखा समितीको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाधयक्ष गणेश प्रसाद घिमिरेले आर्थिक बर्ष ०७५, ७६ को यर्थाथ कुल ३ करोड ६९ लाख १५ हजार नौ सय ५२ रुपिया बराबरको आयब्यय विवरण प्रस्तुत गर्दै सस्थाले कुल १३ लाख ४२ हजार ६ सय २० रुपिया शुद्ध नाफा गर्न सफल भएको प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा एसईइमा उत्कृष्ट भएका सेयर सस्दस्यका छोरा छोरी, उत्कृष्ट वचत कर्ता, ऋणी, बाल बचतकर्ता एंव जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष दिपक पोखरेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य उमामाया अधिकारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.