Jilla Ban Notis

सुर्य ज्योति कप २०७७ को उपाधी वडा नं.१२ ले हातपार्यो ।

0 43

कृष्ण ढकाल
बर्दघाट,बैशाख–७

सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीको आयोजनामा संचानल भैरहेको प्रर्थम सूर्य ज्योती कप– २०७७ को वडा स्तरीय फुटबल प्रतियोगीताको उपाधि वडानं. १२ ले हातपार्न सफल भएको छ ।
गतचैत्र २१ गतेवाट शुरु भएको वडा स्तरीय फुटबल प्रतियोगिताको हिजो भएको फाईलन खेलमा बर्दघाट नगरपालीका वडा न १ माकरलाई ० का बिरुद्ध १ गोल गरि वडानं. १२ को किसान युवा क्लब दबिल्लाले सुर्य ज्योति कप २०७७ को उपाधी चुम्न सफल भएको हो ।

निकै प्रतिष्प्रधात्मक रहेको फाईनल खेलमा दुबै टिमका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरीरहदा खेलको अन्तीम १ मिनेटको समयमा बर्दघाट १२ को नेपाल किसान युथ क्लबका जर्सी न १४ का खेलाडी सङगम परियारले गरेको गोल नै निर्णायक गोल बनेको थियो । त्यसैगरी हिजोको म्यान अफ दि म्याच पनि सङगम परियार नै भएका थिए भने खेल अवधिभरी सर्बउत्कृष्ट खेलाडी का रुपमा एलीन सोमाई मगर रहन सफल भएका थिए ।

बर्दघाट नगरपालिका वडा नम्वर –२ को संरक्षकत्वमा संचालन भैरहेको उक्त प्रर्थम सूर्य ज्योती कप–२०७७ मा बर्दघाट नगरका १६ वडावाट १६ टिमले प्रतिष्प्रद्र्या गरीरहेका थिए।

प्रतियोगितामा विजेता टिम वडानं. १२ ले ५५ हजार ५ सय ५५ रुपैया नगद,सिल,मेडल तथा प्रमाण पत्र हात पार्दैगर्दा उप विजेता वडा न १ माकर ले भने ३३ हजार ३ सय ३३ रुपैया नगद,सिल,मेडल र प्रमाण पत्र मा नै चित्त बुझाउनु परेको थियो ।

पुरस्कार वितरण कार्यक्रम सूर्य ज्योती युवा क्लव बर्दघाट–२,चिसापानीका अध्यक्ष राम भण्डारीको अध्यक्षता र वडा नम्वर २ का वडाध्यक्ष दया दर्लामीको प्रमुख आतिथ्यतामा भएको थियो भने कार्यक्रमको संचालन क्लवका सचिव टेक बहादुर बुढाथोकीले गर्नुु भएको थियो । कार्यक्रममा भुतपुर्ब खेलाडीहरु विभिन्न सहयोगि संघ–संस्था तथा समाजसेवीहरुलाई सम्मान समेत गरिएको थियो ।

चिसापानी क्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको सूर्य ज्योती युवा क्लव २०३४ साल देखि फुटबल खेल तथा प्रतियोगितामा जिल्लामा नै आफ्नो पहिचान बनाउन सफल रहेको नमुना क्लवका रुपमा परिचत रहेको छ ।

Leave A Reply

Your email address will not be published.