Jilla Ban Notis

सुर्यगंगा सहकारी बर्दघाट ४ को १४ औं साधारणसभा  सम्पन्न ।

0 17

बर्दघाट,कार्तिक–३०
सुर्यगंगा बचत तथा ऋण सहकारी सस्था लिमिटेड बर्दघाट ४ बाडिपिडितको १४ औं साधारणसभा शनिवार उद्योग बाणिज्य संघ बदृघाटको सभाहलमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष जनक बहादुर रावलको अधयक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा साधारणसभाले गतबर्षको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । सो अवसरमा बर्दघाट नगरपालिका ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमाल, सस्थाका संस्थापक अध्यक्ष सिद्धीविलाश हमाल, संस्थापक कोषाध्यक्ष केयर सिंह कुँबर, पूर्व अध्यक्ष हरिरञ्जन पौडेल, दाउन्नेदेवी महिला बहुउदेश्शीय सहकारीकी अध्यक्ष देवी पौडेल, माकर सामुदायिक साकोसका अध्यक्ष पुुण्य प्रसाद पौडेल, यज्ञप्रसाद भटटराई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष जनक रावलले अध्यक्षको प्रतिबेदन र र सदस्य दुर्गा प्रसाद सापकोटाले लेखा समतिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कोषाध्यक्ष कमला लम्सालले दुई करोड ५९ लाख ६० अहजार नौ सय ३६ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्दै सस्थाले यस आर्थिक बर्षमा शुद्ध सात लाख २५ हजार ५ सय शुद्ध नाफा गर्न सफल भएको बताउनुभएको थियो । सस्थाका उपाध्यक्ष सिर्जना आचार्यकोे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन पौडेलले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.