Jilla Ban Notis

सुन तस्करीमा पक्राउ परेका कांग्रेस सांसदका पीएलाई रुपन्देही प्रहरीद्धारा उन्मूक्ति।

0 17

रुपन्देही, माघ ८

रुपन्देही प्रहरीले सुन तस्करीमा पक्राउ परेका सांसदका पीएलाई उन्मूक्ति दिएको छ । शसस्त्र प्रहरी बल नम्बर २७ गणको टोलिले यहि पौष २५ गते गल्लामण्डीबाट सुन सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका व्यक्तिहरुलाई थप कारबाहिकोलागी जिल्ला प्रहरी कार्यलयमा सोही दिन बुझाएको थियो । शसस्त्र प्रहरीले समरीमाई गाउपालिका वडा नम्बर २ का बर्ष ३५ का कयस महमद शेख, मायादेवी गाउपालिका वडा नम्बर ५ का बर्ष २६ का कमलेश उपाध्यय र सिद्धार्थनगर पालिका वडा नम्बर ८ का बर्ष ४२ का बलराज गुप्तालाई प्रहरीलाई बुझाएको थियो । तर रुपन्देही प्रहरीले एउटै मुद्धामा पक्राउ गरी थप अनुसन्धानकोलागी ल्याइएका तीन जना मध्ये दुई जनालाई छाडीदिएको छ ।
प्रहरीले नेपाली कांग्रेसबाट रुपन्दही क्षेत्र नम्बर ४ बाट संघीय सभामा प्रतिनिधित्व गर्ने सांसद प्रमोद कुमार यादवको दबाबमा दुई जनालाई छाडिदिएको बुझिएको छ । सुन तस्करीमा संलग्न रहेका मध्ये कमलेश उपाध्यय सासद यादवका स्वकिय सचिव हुन् । प्रहरीले सांसदका स्वकीय सचिव र अर्का बलराज गुप्तालाई सुट्क्क घर पठाएर कयस महमद शेषलाई भने मुद्धा चलाएको छ ।
सांसद यादवको पीए सहितको टोलीले उक्त सुन भारतको दिल्ली स्थित एउटा पाटिलाई बेच्नेगरी भैरहवामा डिल गरिरहेको बेला शसस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक टेकप्रसाद पौडेलको टोलीले ७ सय १६ ग्राम सुन सहित पक्राउ गरेको थियो ।
यता प्रहरीले बरामदित सामग्री सुन जस्तै देखिएता पनि उक्त सामग्री पहेलो धातु भएको बताएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले एक जनालाई मुद्धा चलाएको र बाकी दुई जनालाई छाडिदिएको बताए । रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापालाई कांग्रेस नेतृत्वले समेत दबाब दिएर सांसदका पीए छाड्न दबाब दिएका थिए । एसपी थापालाई कांग्रेसका कतिपय नेताहरूले नेविसंघका पुराना र पार्टीका बफादार समर्थक रहेको बताउने गर्छन् । तर, एसपीले भने आफु व्यवसायिक भएको दाबी गर्छन् ।

Leave A Reply

Your email address will not be published.