Jilla Ban Notis

सुनवल ६ तिलकनामा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको शनिबारको खेलमा बिगबुद्ध युवा क्लव सुनवल ६ बिजय ।

0 38

पुजा लम्साल

सुनवल, माघ ११
नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको आजको खेलमा बिगबुद्ध युवा क्लव सुनवल ६ बिजय भएको छ । मनकामना युवा क्वल सुनवल १० गैडाखाललाई ट्राईवेकरमा ५–३ को गोल अन्तरले बिगबुद्ध बिजय भएको आयोजकले जनाएको छ । यसैगरि आजको खेलमा बिगबुद्ध युवा क्लवका गोलकिपर जर्सि नं ५५ का खेलाडि सुसिल पुन म्यान अफ द म्याच घोषित भएका छन् ।
तिलकना युवा क्लव सुनवल ६ को आयोजनामा गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा फुटवल संचालित भइरहेको हो । आज एन्फा नवलपरासीका प्रशिक्षक जित बहादुर पुन, इलाका प्रहरी कार्यलय सुनवलका प्रहरी प्रमुख बलराम गिरी, स्वं गोम बहादुर थापाका बुवा दिलबहादुर थापा,समाजसेबि डम्वर गुरुगं, लगायत खेलपे्रमीहरुको उपस्थिति रहेको थियो । २४ टिमको सहभागिता रहेको यस फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोलि दिउसो ३ बजे डि एम वाई सि तिलौलि बासा र रानिगंज युवा क्लव बुटवल बिच प्रतिष्पर्धा हुने अध्यक्ष कृष्ण गन्धर्वले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.