Jilla Ban Notis

सुनवल ६ तिलकनामा जारी आजको खेलमा डि एम वाई सि तिलौलि बिजय, भोलि तिल्कना र जनज्योति बिच प्रतिष्पर्धा हुने ।

0 36

माघ १२
नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको आजको खेलमा डि एम वाई सि तिलौलि बिजय भएको छ । रानिगंज युवा क्लव बुटवललाई ३–१ को गोल अन्तरले डि एम वाई सि बिजय भएको आयोजकले जनाएको छ । यसैगरि आजको खेलमा डि एम वाई सिका जर्सि नं ९ का खेलाडि सन्दिप राना म्यान अफ द म्याच घोषित भएका छन् ।
तिलकना युवा क्लव सुनवल ६ नवलपरासीको आयोजनामा गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा फुटवल संचालिन भइरहेको हो । २४ टिमको सहभागिता रहेको यस फुटवल प्रतियोगिता माघ १९ गते सम्म संचालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । भोलि दिउसो ३ बजे तिल्कना युवा क्लव सुनवल ६ र जनज्योति युवा क्लव हर्दिया बिच प्रतिष्पर्धा हुने अध्यक्ष कृष्ण गन्धर्वले जानकारी दिनुभयो । @ रेडियो सुनवल

Leave A Reply

Your email address will not be published.