Jilla Ban Notis

सुनवल –१,सोमनाथमा उपभोक्ता समिति गठन

0 49

अमृता सुनार

सुनवल २२ चैत

सुनवल नगरपालिका वडा नम्बर १ सोमनाथमा अवस्थित बाल्मैत्री सिकाइ केन्द्रको परिसरमा पुर्बधार बिकास कार्यक्रम अन्तरगत सिकाइ केन्द्र स्थल ब्यबस्थापन उपभोक्ता समिति गठन सम्पन्न भएको छ ।
सुनवल वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरको अध्यक्षतामा उपभोक्ताहरुको उपस्थितिमा भेला बसी भिम बहादुर पान्डको अध्यक्षतामा ७ सदस्यीय सिकाइ केन्द्र ब्यबस्थापन समिती गठन भएको छ।
जस्को सचिबमा राम प्रसाद पोख्रेल कोषाध्यक्ष दुर्गा कुमारी काफ्ले र सदस्यहरुमा दीपेन्द्र शर्मा, गोमा आचार्य पौडेल, यज्ञ प्रसाद पाण्डे र गङ्गा कुमारी पौडेल चयन हुनु भएको छ। त्यसै गरी वडा सदस्य मन बहादुर थापा मगरको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती गठन भएको छ। त्यसैगरी सदस्यहरुमा जीबन पौडेल, शंकर प्रसाद उपाध्य, दीपा शर्मा र सुर्य प्रसाद लम्साल लगाएत चयन भएको वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.