Jilla Ban Notis

सुनवल सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा पुनःपोखरेल ।

0 22

रमेश भुसाल

सुनवल,मंसीर–५

सुनवल सामुदयिक सिकाई केन्द्रको दोस्रो अधिवेश सम्पन्न भएको छ । अघिवेशनले सर्वसम्मत रुपमा पुनः उमानाथ पोखरेललाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा संजय कुमार श्रेष्ठ चयन हुनुभएको छ भने सचिवमा लिला पंगेनी चयन हुनुभएको छ । दोस्रो अधिवेशनले सदस्यहरुमा उमाकान्त उपाध्याय, मुरली गौतम, मन्नु प्रसाद नाउ र सदस्य सचिवमा लिला पाठक अर्याललाई चयन गरेको छ । त्यस्तै ११ सदस्यीय कार्यसमितिमा सुनवल नगरपालिका , वडा नम्वर १ का वडाध्यक्ष , र देवकोटा मा.वि पदेन सदस्य रहने छ भने एक खालि रहेको महिला सस्दयको पछि पद पुर्ति गरिने बताइएको छ । कार्यक्रमको उद्घाटन शत्रमा वोल्दै प्रमुख अतिथि सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापा क्षेत्रीले चेतनामा वृद्धि नभए सम्म विकासले फड्को मार्न नसक्ने भन्दै व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा सुनवल नगरपालिकाका उप प्रमुख ददिराम अर्याल, सुनवल नगरपालिकाका शिक्षा शाखाका विस्णु गोतामे ,महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल, प्रध्यापक हुमनाथ पाण्डे, जिल्ला सहकारी संघका सचिव चण्डी प्रसाद पाण्डे, नेकपा सुनवल नगरकमिटि सचिव विर वहादुर विक लागाएतले शिक्षालाई व्यावहारमा उर्तानुपर्नेमा जोड दिए । सो कार्यक्रममा निरन्तर सिकाईमा ३ बर्ष सम्म लगातार कक्षा लिएका आमाहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षता , सदस्य संजय कुमार श्रेष्ठको स्वागत मनतब्य र सचिव शान्ता भण्डारीको संचालनमा रहेको थियो ।

Leave A Reply

Your email address will not be published.