Jilla Ban Notis

सुनवल व्यापार मेलामा खुल्ला उपमेयर भलिवल प्रतियोगीता शुरु ।

0 27

रमेश भुसाल 

मंशिर १२

खुल्ला उपमेयर कप भलिवल प्रतियोगिताको पहिलो खेलमा मणीमुकुन्द भलिवल क्लव विजयी भएको छ । प्रादेशि औद्योगीक व्यापार मेला सुनवलमा जारी खुल्ला उपमेयर भलिवल प्रतियोगीताको पहिलो खेलमा मणीमुकुन्द भलिवल क्लवले जिल्ला भलिवल संघ पाल्पालाई ३÷१ को सेटमा पराजीत गरेको हो । प्रादेशि औद्योगीक व्यापार मेला सुनवलमा जारी खुल्ला उपमेयर भलिवल प्रतियोगीतामा ८ भलिवल टिमको सहभागिता रहेको खेलकुद व्यावस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गैरेले बताए । त्यस्तै मेलाको शुरुवात देखि नै अवलोकनकर्ताको राम्रो साथ पाएको व्यापार मेलालाई थप एतेहासिक बनाउन मेलामा आउनुभएका सम्पुर्ण अवलोकनकर्ता , वुद्धिजिवि , समाजसेवि लगाएत सम्पुर्णबाट सल्लाहा सुझावको अपेक्षा रहेको आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य ले बताए । आठौं दिन सम्म आइपुग्दा निरन्तर दर्शकहरुको मन जित्न सफल भएको र मेला अवधिभर यसै गरि साथको अपेक्षा राखेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खलेलले बताए । त्यस्तै आज मेलामा करिव ४ हजार भन्दा वढि अवलोकनकर्ताहरुले मेलाको अवलोकन गरेको प्रचार प्रसार समिति संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले बताए । मेलामा खासगरी बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र बिज्ञान प्रर्दशनि , विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरु आकर्षकका रुपमा रहेका छन् । अर्काषक र सजिएका सवै स्टलहरुमा व्यापार पनि सन्तोषजक रहेको व्यापारीहरुको भनाई छ । त्यस्तै गरि मेला अवलोकन गर्न अउाने अवलोकनकर्ताहरुलाई स्वास्थ्य समबन्धी सचेतना गराउने उद्देश्यले जनउदय सामुदयिक वनले निशुल्क रुपमा स्वास्थ्यवर्दक चिया समेत वितरण गरेको जनउदय सामुदयिक वनका अध्यक्ष वल वहादुर थापाले बताए । त्यस्तै विसासय सामुदयिक वनले पनि वेल जुस साथै त्रिफला हरु स्टलमा राखेको र यसका फाइदाहरुको बारेमा अवलोकनकर्ताहरुलाई सचेत गराएको जनाएको छ । प्रादेशिक औद्योगीक व्यापार मेलाको आज ८ औं दिन कुलेन्द्र विश्वकर्मा., वैकुण्ठ महत र शिलु भट्टराई साथै ंलोक दोहोरी गायिका उमा देवि खनालको संचलानमा सास्कृति क्रमको माहोललाई निकै तताएका थिए । त्यस्तै भोलि मेलाको ९ औं दिन लोकदोहोरी गायक खुमन अधिकारी, आधुनिक गायक हेमन्त शर्मा, हास्य कलाकार पुर्खे बा, गायिका कला लम्साल ,शित्तल शर्मा लागाएतको वेजोड प्रस्तुति रहने सास्कृतिक कार्यक्रमका संयायेजक रमेश पराजुलिले बताए ।

Leave A Reply

Your email address will not be published.