Jilla Ban Notis

सुनवल वडा नं ५वडा कार्यलयबाट ३१जना लाई अपांगता परिचय पत्र बितरण ।

0 52
पुजा लम्साल
सुनवल,१० माघ
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ५को वडा कार्यलयले आज ३१ जनालाई अपांगता परिचय पत्र बितरण गरेको छ । नगरपालिकाले गत सोमबार देखि सुरु गरेको वडागत अपांगता परिचय पत्र बितरण शिबिर अन्तर्गत आज वडा नं ३को वडा कार्यलयबाट क बर्गका १० जना, ख बर्गका १५ जना, ग बर्गका ५ जना र घ बर्गका १ जना गरि जम्मा ३१ जनालाई परिचय पत्र बितरण गरेको नगर महिला तथा बालबालिका शाखाले जनाएको छ ।  वडा अध्यक्ष थमन शिह नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रसासकिय प्रमुख रामलाल श्रेष्ठ, पृथ्बिचन्द्र अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन डा. मोहम्मद नुरुल होदा, वडाका जनप्रतिनिधि, अपांग समन्वय समितिका सदस्यहरु, अपांगता भएका व्यक्ति, अभिभावक लगायतको उपस्थिति रहेको थियो । नगरबासिलाई सहज र सुलभ तरिकाले सेवा दिने उदेश्यले प्रत्येक वडामा शिबिर संचालन गरि परिचय पत्र बितरण गरिएको नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिनुभएको छ  । यसअघि वडा नं ११, १२, १३ र ३ नं वडामा शिबिर सम्पन्न भइसकेको छ । आइतबार वडा नं ४ मा शिबिर संचालन हुने महिला तथा बालबालिका शाखा प्रमुख गैरेले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.