Jilla Ban Notis

सुनवल युनाईटेडमा तेस्रो वार्षिक अतिरिक्त कृयाकलाप सप्ताह–२०७९ संचालन ।

0 206

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
सुनवल युनाईटेड स्कुल ,सुनवल–४ को तेस्रो वार्षिक अतिरिक्त कृयाकलाप सप्ताह–२०७९ अन्र्तगत आज नृत्य प्रतियोगिता सम्पन्न् भएको छ ।

कक्षा ५ सम्म समुहगत र कक्षा ६ देखि ९ सम्म अन्तर सदनात्मक रुपमा प्रतियोगिता सम्पन्न् भएको विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भएको छ ।

विद्यालयका प्रिन्सिपल धनराज चापागाईको अध्यक्षता र सुनवल वडानम्वर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा विद्यालयका सयबढी बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । कक्षा ६ देखि माथी भएको अन्तर सदनात्मक प्रतियोगितामा १६ समुहले भाग लिएका थिए ।

प्रतियोगितामा सिनियर तर्फ पाईथागोरस (क)प्रथम,न्यूटन द्धितिय(क) र आईसस्टाईन (ख) तृतिय भएका थिए भने न्यूटन(ख) सान्तोना हुन सफल भएको छ । त्यसैगरी जुनियर तर्फ पाईथागोरस (ग) प्रथम,न्यूटन (ख) द्धितिय र आईस्टाईन (क) तृतिय हुन सफल भएका थिए भने ग्यालिलियो (ख) सान्तोना हुन सफल भएको थियो । प्रतियोगिताको निर्णायकमा लुम्बिनी प्रदेश नृत्य निर्देशक संघका उपाध्यक्ष सुन्दर गुरुङ्ग रहनु भएको थियो ।

फागुन १० गते देखि शुरु भएको सुनवल युनाईटेड स्कुल ,सुनवल–४ को तेस्रो वार्षिक अतिरिक्त कृयाकलाप सप्ताह–२०७९को कार्यक्रम यहि फागुन १६ गते सम्म संचालन हुने विद्यालयका प्रिन्सिपल धनराज चापागाईले बताउनु भएको छ ।
५ सय १० जना बिद्यार्थीहरु रहेको सुनवल युनाईटेड स्कुलले अहिले तेस्रो वार्षिक अतिरिक्त कृयाकलाप सप्ताह अन्र्तगत नृत्य तथा गायन प्रतियोगिता,बक्तृत्वकला प्रतियोगिता,सुर्तिलेखन प्रतियोगिता, चित्रकला प्रतियोगिता,अंग्रेजी हिज्जे प्रतियोगिता,हाजिरी जवाफ प्रतियोगिता लगाएतका कार्यक्रमहरु संचालन गरेको छ । बिद्यार्थीहरुको सिप तथा कलाको प्रर्दशन गर्ने थलोका रुपमा यस प्रकारका कार्यक्रमहरु आयोजना गर्ने गरेको विद्यालयका प्रिन्सिपल चापागाईले बताउनु भएको छ । आजको कर्याक्रम बिद्यार्थी कृपा घिमिरे र महेश पंगेनी (मिसन)ले संचालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.