Jilla Ban Notis

सुनवल मेलाको सातौं दिन सम्ममा ३९ हजार भन्दाबढी टिकमात्र विक्री ।

0 16

रमेश भुसाल

सुनवल,मंशिर ११

सुनवलमा संचालित मेलाको सातौं दिन सम्ममा करिव ३९ हजारको टिकमात्र विक्री भएको मेला सचिवालयले जनाएको छ । प्रादेशिक औद्योगीक व्यापार मेलाको सातौं दिन मात्रै ५ हजार भन्दा बढिले मेला अवलोकन गरेको टिकट व्यावस्थापन समति संयोजक तथा संघका कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिए । मेलाको दोस्रो दिन देखि सातौं दिन सम्म आइपुग्दा मेलाको प्रत्येक दिन अवलोकनकर्ताहरुको उपस्थीति व्यापक रहेको र अरु वाकि दिनहरुमा अवलोकनकर्ताहरुको उपस्थीती झनै वढ्नेमा आफु विश्वस्त रहेको मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताए ।मेलाको सातौं दिन सम्म आइपुग्दा अवलोककर्ताहरुको व्यापक साथ र समर्थन पाएको र मेला सोचे भन्दा पनि भब्य र सब्य तरिकाले अगाडि वढेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताए ।मेलामा अवलोकनकर्ताको ब्यापक उपस्थीतीले आफुहरु निकै उत्साहित भएको र अन्य दिनमा पनि दर्शकको बाक्लो उपस्थीतिको अपेक्षा गरेको प्रचार प्रसार समिति संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले बताए ।व्यापारीहरुको मनोबल र उत्साहा बढाउनका निम्ती स्टल डेकोरेटमा कुनै कमि नगरिएको र सोहि अनुसार व्यापारीहरुको व्यापार पनि राम्रो भएको र उनिहरु सन्तुष्टी रहेको स्टल व्यावस्थापन समिति संयोजक तथा संघका सचिव ईश्वरी भण्डारीले बताए ।त्यसै गरि व्यापार मेलामा उपस्थीत अतिथिहरुको आतिथ्यतामा कुनै पनि कमि हुन नदिएको आवस तथा खानपिन समिति संयोजक तथा संघका सदस्य विष्णु घिमिरे बताए । त्यस्तै अन्य दिनहरुमा पनि कुनै पनि कमि हुन नदिने अतिथिहरुको सत्कारमा निरन्तरता दिनका लागी आफुहरु लागीपरेको अर्का आवस तथा खानपिन समिति संयोजक तथा संघका सदस्य हर्क बहादुर गुरुङले बताए ।मेलामा खासगरी बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र बिज्ञान प्रर्दशनि , विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरु आकर्षकका रुपमा रहेका छन् भने मोलाको आठौं दिन देखि खुल्ला उपमेयर कप भलिवल प्रतियोगीता हुने खेलकुद व्यावस्थापन समिति संयोजक तथा संघका सदस्य चुरामणी गैरेले जानकारी दिए । त्यस्तै भोलि विहिवार मणिमुकुन्द भलिवल क्लव र पाल्पा जिल्ला भलिबल संघ विच प्रतिशपर्दा हुने खेल संयोजक गैरेले जनाकारी दिए ।मेलाको सातौं दिन राष्ट्रिय कलाकार रामजी खाँड, दिपक गारैंजा मगर र रितु थापाको पस्तुतिले मेलाको माहोल तातेको थियो । त्यस्तै आठौं दिन कुलेन्द्र विश्वकर्मा., वैकुण्ठ महत र शिलु भट्टराई र ंलोक दोहोरी गायिका उमा देवि खनाल संचालनमा सास्कृतिक कार्यक्रम रहने सास्कृतिक कार्यक्रम संयोजक तथा संघका सदस्य रमशे पराजुलिले बताए ।त्जबलपक

Leave A Reply

Your email address will not be published.