Jilla Ban Notis

सुनवल नगरपालिका वडा नम्वर ४ मा १ सय ५५ घरधुरीलाई राहत वितरण ।

0 25
रमेश भुषाल
सुनवल,चैत २६ 
सुनवल नगरपालिकाका १३ वटै वडाभित्र राहत वितरणको कार्यक्रमलाई तदरुकताका साथ अगाडि वढाइएको छ । प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वनेको राहत वितरणका लागी वडा स्तरीय समिति मार्फत राहत वितरण भएको छ । प्रत्येक वडाका वडास्तरीय  समतिहरु सक्रिय रुपमा राहत वितरणलाई व्यवस्थीत पार्दै राहत वितरण गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरस रोकथामको लागी गरिएको लकडाउनका  कारण दैनिक मजदुरी गरेर खानेहरुको लागी राहत वितरणको कार्यक्रममा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै मानविय दुरी कयामका लागी रेखाङकन गर्ने लगाएतका सवै पक्षहरुलाई ख्याल गर्दै राहत वितरण गरेको वडा नम्वर ४, वडा स्तरीय समितिका संयोजक एवं सुनवल नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष विर वहादुर गुरुङले बताउनुभयो । वडा नम्वर ४ मा १ सय ८९ घरधुरी राहतको लागी सिफारीस भएको मा आज १ सय ५५ घरधुरीलाई राहत समाग्री हस्तान्तरण गरिएको वडा नम्वर ४ का सदस्य तथा वडा स्तरीय राहत समतिका सदस्य वालकृष्ण पंगेनीले जानकारी दिनुभयो । वाँकी रहेका लाई भोलि विहिवार हस्तान्तरण गर्ने र राहतको लागी नामावाली संकलन गर्दा  छुटेका दैनिक मजदुर खानेहरुको लागी  पहल गर्ने वडा नम्वर ४को वडा स्तरीय राहत समिति तथा सुनवल नगरकार्यपालिका सदस्य रमा ढकालले बताउनुभयो ।  राहात पाउने घरधुरीलाई  परिवारको संख्याको आधारमा दुई किसिमबाट राहत वितरण गरिएको  समितिका सदस्य तथा उद्योग वाणिज्य संघ सुनवलका सदस्य मुरली गौतमले जानकारी दिनुभयो ।  राहत वितरण कार्यक्रमलाई व्यवस्थीत गर्न समतिका सदस्य तथा नगर कार्यपालिका सदस्यहरु दशरथ कुमाल वडा सदस्य गुन वहादुर थापा, कुमिसरा वि.क , समतिका सदस्यहरु किशोर कर्माचार्य, हरि कंडेल, प्रहरी साहायक निरिक्षक महेश रायमाझि लगाएतको सक्रिय सहभागिता रहेको थियो । सुनवल नगरपालिका को सवै वडाहरुबाट १९१० घरधुरी राहतको लागी सिफारीस भएका थियो ।

Leave A Reply

Your email address will not be published.