Jilla Ban Notis

सयपत्रि सामुदायिक वन उपभोक्ता समुहमा नेतृत्व चयन हुन सकेन ।

0 24

कृष्ण ढकाल
बर्दघाट,माघ–८
बर्दघाट नगरपालिका वडा नं ५ पाल्डांडामा रहेको सयपत्रि सामुदायिक वन उपभोक्ता समुहको १२ वर्ष पछि भएको नेतृत्व चयन कार्यक्रमले पूर्णता पाउन सकेन । १२ वर्ष पहिले चयन भएको समितिको कार्यकाल ३ वर्ष सकिएपछि पनि अहिले सम्म हुन नसेको वार्षीक साधारण सभा आज बुधवार बल्ल सम्पन्न भएको छ तर नेतृत्व चयन भने दलीय प्रतिष्पद्र्याका कारण रोकिएको छ । क्षेत्रगत रुपमा सबै क्षेत्रवाट सहमति जुटेपनि पाल्डाँडावाट नै सहमति जुट्न नसकेपछि नेतृत्वचयनले पूर्णता पाउन नसकेको हो । बुधवार भएको नेतृत्वचयन कार्यक्रममा निर्वाचन मण्डल देखि स्थानिय राजनितिक दलका अगुवा नेताहरुले समेत निक्कै कसरत गर्दा समेत नेतृत्व चयनको विषयलाई टुगंोंमा पुयउन सकेनन् ।
क्षेत्रगत रुपमा प्रतिनिधित्व हुनेगरी महिला पुरुष र दलितको समेत समावेसीताका आधारमा सहभागिता हुनेगरी १९ जनाको कार्यसमिति बनाउन सकिने विद्यानमा उल्लेख रहेको छ । सोही अनुसार समितिको विद्यानले निर्दिष्ट गरेअनुसार निर्वाचन मण्डलले सहमतिमा उमेदवारहरुको नामावली माग गरेसंगै करिव ३ बजेवाट शुरु भएको सहमतिय निर्वाचन प्रक्रिया अन्तत् राती साढे छ बजे सम्म पनि टुगंोंमा पुग्न नसकेन । केहिवेरको रस्साकस्सी पछि फेरी दलीय भागवण्डामा टुगांउने सहमति अनुसार वार्ताटोली मार्फत पदीय भागवन्डागर्दा समेत टुगोंमा नपुगेपछि सहमतिको समय मागे अनुसार ७ बजे निवार्चन मण्डलले आईतवार सम्मको लागि सहमति गर्ने समय दिएको छ । निवार्चन मंडलमा कमल परियार,कृष्णहरि पौडेल र उत्तम ध्वज के.सी. रहनु भएको थियो ।
यस अघि दिउंसो भएको सयपत्रि सामुदायिक वनको वार्षीक साधारण सभा तथा नेतृत्वचयन कार्यक्रमको समुद्घाटन कार्यक्रम सेक्टर वन कार्यालय बर्दघाटका प्रमुख राम नारायण शाहको प्रमुख आतिथ्यता तथा समितिका अध्यक्ष लाल बहादुर गुरुगंको अध्यक्षतामा सम्पन्न् भएको थियो । सो अवसरमा बर्दघाट नगपालिका वडा नं. ५ का वडाध्यक्ष रेश्मीराज भट्टराई,वडा नं. १ का वडाध्यक्ष मोतीलाल सुनार सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्षकमल परियार लगाएतको उपस्थिती रहेको थियो । सयपत्रि सामुदायिक वनमा भुजहवा,चौपत्ता,सफैया,माकर,मोतीवस्ती,शुक्रवस्ती,वेलाहानी,जिमिरेभार,बण्डाखोला,जितपुर,सखुवानी,खजुरा,पाल्डाँडा,विद्युत् लगाएतका क्षेत्रका उपभोक्ताहरु आवद्धरहेका छन ्।

Leave A Reply

Your email address will not be published.