Jilla Ban Notis

सुनवल नगरपालिका प्रदेश ५ को पहिलो स्मार्टपालिका बन्दै।

0 22

सुनवल, साउन–२
सुनवल नगरपालिका प्रदेश ५ को पहिलो स्मार्टपालिकाका हुने भएको छ । प्रविधिमैत्री,सुचना र संचारमा जनताको पहुँच पुर्याउने उदेश्यका साथ डिजिटल सर्वे तथा नगरको वस्तुगत स्थिति डिजिटल बनाउदै सुनवल नगरपालिका प्रदेश ५ को पहिलो स्मार्टपालिकाका रुपमा आफुलाई परिचित गराउदै स्मार्टपालिका सिस्टमको सुभारम्भ छ। सुनवल नगरपालिकाले विद्युतीय सुशासन प्रणाली सहित स्मार्टपालिका सिस्टमको सुभारम्भ गरेको छ। सेल एप प्रा।लि तथा स्मार्टपालिकाको प्राविधिक सहकार्यमा सुनवल नगरपालीकाले ५ नम्बर प्रदेशमा नै पहिलो नगरको रुपमा यस प्रणालीको सुरुवात गरेको हो।

स्मार्टपालिकाका सिओ मनोज भट्टराईको अध्यक्षता र सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा क्षत्रीको प्रमुख आतिथ्यतामा स्मार्टपालिका घोषणा कार्यक्रम सम्पन्न गरीएको थियो । सोअवसरमा बोल्दै नगर प्रमुख थापाले विद्युतीय सुशासनको सुरुवातले सुनवलनगरले सुचना र प्रविधिमा एक फड्को मार्ने विस्वास ब्यक्त गर्नु भएको थियो । त्यसैगरी स्थानिय सरकार र जनता बिचको दुरि नजिक हुने भन्दै स्मार्ट नगरपालिका बन्नेमा नगरपालिका विस्वस्त रहेको नगरका प्रमुख भिम बहादुर थापा क्षत्रीले बताउनुभयो। सोहि कार्यक्रमलाई सम्वोधन गर्दै नगरका उपप्रमुख दधिराम अर्यालले नगरपालिकामा गरिने सबै कामकाज अब मोबाईल एप्सको माध्यमबाट गर्ने र सबै नगरका जनतालाई चिप कार्ड उपलब्ध गराउने र झन्झट रहित सेवा सुविधामा पहिलो प्राथमिकता दिने कुरामा जोड दिनु भयो।
अभियान निर्देशक बिबस महतको नेतृत्वमा डिजिटल सर्वेक्षण तथा डाटा रुजुको काम सम्पन्न भएको थियो भने नगरको तर्फबाट खेमराज अवस्थिले कार्यक्रम को अनुगमन गर्दै १ वर्षको अथक प्रयासमा सुनवल नगरपालिकालाई स्मार्ट नगरपालिकामा रुपान्तरण गर्न सफल भएको बताउनु भयो। सुनवल नगरका सर्वेक्षण गर्ने ६० जना स्वयमसेवकलाई समेत सोही अवसरमा प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो। कार्यक्रममा स्मार्टपालिकाका वारेमा राजानन्द माण्डब्य, मनोज भट्टराई लगाएतले सहजीकरण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.