Jilla Ban Notis

सुनवल नगरपालिकामा मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा सूर्यप्रसाद दुवे निर्वाचित

0 102

सुनवल,जेष्ठ–६
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई हराउँदै मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा एमालेकी विमला अर्याल र उपमेयरमा पनि एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको छ । अर्यालले १४ हजार ८ सय ३८ ल्याउँदा नेपाली कांग्रेसका अर्जुनकुमार पोखरेलले ११ हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

पराजित पोखरेल कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ । उपमेयरमा निर्वाचित दुबेले १३ हजार ७९८ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका लेखनाथ खरेलले ८ हजार ८९० मत ल्याए । सुनवलमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । यसअघिको निर्वाचनमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको थियो । १३ वडा रहेको सुनवलका ७ वडा एमाले, ५ वडा नेपाली कांग्रेस र १ वडा माओवादी केन्द्रले जितेको छ ।

Leave A Reply

Your email address will not be published.