Jilla Ban Notis

सुनवल नगरपालिकाद्धारा ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट प्रस्तुत् ।

0 16

सुनवल,असार–१०
नवलपरासीको सुनवल नगरपालिकाले आ.ब. २०७७÷०७८ का लागि कुल ७६ करोड ३३ लाख ३७ हजार ५०९ रुपैयाको बजेट ल्याएको छ । आज बुधवार सुनवल नगरपालिकाको ७ आंै नगर सभामा आर्थिक बर्ष २०७७र०७८ को लागि कुल बजेट ७६ करोड ३३ लाख ३७ हजार ५ सय ९ रुपैयाको अनुमानीत बजेट प्रस्तुत गरीएको थियो । नगरका नगर प्रमुख भीम बहादुर थापा (क्षेत्री)को अध्यक्षतामा भएको ७ आंै नगर सभामा नगरपालिकाले चालू तर्फ ४० करोड ७२ लाख १२ हजार ५०९ रुपैयां र पुंजीगत तर्फ ३५ करोड ६१ लाख २५ हजार रुपैया अनुमानीत बजेट नगर उप–प्रमुख दधिराम अर्यालले सभामा प्रस्तुत गर्नु भएको थियो ।
बजेटमा नगरपालिकाले आन्तरिक श्रोतबाट १२ करोड ५४ लाख र बाह्य तर्फ ६३ करोड ७९ लाख ३७ हजार ५०९ रूपमा आम्दानी गर्ने अनुमान गरिएको छ । नगरपालिकाले उक्त बजेटलाई क्षेत्रगत रुपमा बिनियोज गर्दा सामाजिक बिकास तर्फ ५ करोड ३३ लाख ८५ हजार बिनियोजन गरिएको छ । जस अन्तर्गत शिक्षा विकास तफ १ करोड ४५ लाख ९३ हजार, स्वास्थ्य तर्फ १ करोड ४६ लाख रुपैया छुट्टाएको छ । त्यस्तै आर्थिक बिकास तर्फ २ करोड ६१ लाख ९५ हजार बिनियोजन गरिएको छ । जसमा कृषि विकासका लागि १ करोड, पशु सेवा तर्फ ७१ लाख र पर्यटन तर्फ ३७ लाख ५० हजार र सहकारी तर्फ ५३ लाख छुट्याइएको छ ।
त्यसैगरि पुर्वाधार बिकास तर्फ ६ करोड ५५ लाख रुपैया बिनियोजन गरिएको छ भने वातावरण तथा बिपद ब्यस्थापनमा १ करोड ६५ लाख र संस्थागत बिकास तथा शुशासन तर्फ ७६ लाख रुपैया बिनियिजन गरिएको छ । त्यसैगरी क्रोनाले प्रभावित भै सम्पन्न नभएका पुराना योजनाहरुलाइ निरन्तरता दिन १२ करोड ९९ लाख बिनियोजन गरिएको छ ।

Leave A Reply

Your email address will not be published.