Jilla Ban Notis

सुनवल नगरपालिकाद्धारा बजार अनुगमन तिब्रता पारीदै ।

0 27

दिपक खनाल
सुनवल,कार्तिक–३
नेपालीहरुको महान् चाड बिजय दशमी, शुभदिपावली जस्ता चाडपर्व नजिकिदै गर्दा पश्चिम नवलपरासीका स्थानिय तहहरुले बजार अनुगमनलाई तिब्रता दिएका छन् । यसैबिच सुनवल नगरपालिका नगर स्तरीय बजार अनुगमन टोलिले  सुनवल वडा नं १ र ४ का बिभिन्न पसलहरुमा अनुगमन गरेको छ । नगर स्तरीय बजार अनुगमन समितिका संयोजक अर्जुन सुनारको नेतृत्वमा रहेको टोलिले खाद्यान्न,मासु, लगायतका पसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा बिभिन्न पसलहरुमा व्यवसाय दर्ता नगरीएको, नविकरण नभएका, मुल्य सुचि नराखिएको, दुईरतिन प्रकृतिका व्यवसाय एकै स्थानमा संचालन भएका, अत्याधिक मात्रामा म्याद गुज्रिएका खाद्य पदार्थ, मासुमा शुद्धता नभएको भेटिएको छ ।

यसैगरि अनुगमनका क्रममा करिव ३ लाख बराबरको गुणस्तरहिन खाद्यन्न बरामद गरि नष्ट गरिएको अनुगमन समितिका संयोजक सुनारले जानकारी दिनुभयो । सो अनुगमन टोलीमा सुनवल नगरपालिकाका कार्यक्रम अधिकृत मोहनराज ज्ञवाली, उजुरी प्रशासक बन्धुराज पौडेल, उद्योग वाणिज्य संघ सुनवलका महासचिव तेजप्रसाद भण्डारी, उपभोक्ता हित संरक्षण मन्च सुनवलकी सिता तिमील्सीना, पत्रकार दिपक खनाल, प्रहरी सहायक निरिक्षक रुक्मागत घिमिरे, नगरप्रहरी, लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.