Jilla Ban Notis

सुनवल नगरपालिकाद्धारा तेस्रो मेयरकप फुटबल प्रतियोगिता हुदै ।

0 22

कृष्ण ढकाल
बर्दघाट,फागुन–१५
सुनवल नगरपालिकाद्धारा तेस्रो मेयरकप वडा स्तरीय फुटबल प्रतियोगिता शुरु हुदै छ । नगरपालिकाले प्रतियोगिता संचालन हुने स्थानमा विहिवार पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिताका वारेमा जानकारी गराएको थियो । सुनवल नगरका १३ वडाका १३ समुहले भागलिने सो प्रतियोगिता सुनवल नगरपालिका वडा नम्बर १३ बडेराको शहिद स्मृति रंगशालामा शुक्रवार देखि सुरु गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । वडास्तरको उक्त फुटबल प्रतियोगितामा करीब १२ लाख खर्च हुने अनुमान गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई  एक लाख, दोस्रो हुनेलाई ६० हजार , र तृतीयहुनेलाई १५ हजार प्रदान गरीने पनि आयोजकले जनाएको छ ।
तेस्रो मेयरकप फुटबल प्रतियोगिता २०७६ का संयोजक तथा वडा नम्बर १२ का वडाध्यक्ष यम लाल पाण्डेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगरका प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटा,वडा नम्बर ११ का वडाध्यक्ष देवीलाल डुम्रे , वडा नम्बर ४ का वडाध्यक्ष बिरबहादुर गुरुंग , वडा नम्बर ३ का वडाध्यक्ष कर्णबहादुर सेन, जिल्ला फुटवल संघ पश्चिम नवलपरासीका उपाध्यक्ष ज्ञानु गुरुंग , राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल १२ भुमहीका बरिष्ठ उपाध्यक्ष बलराम चापागाई ,नगरपालिकाका प्रशासकिय प्रमुख रामलाल श्रेष्ठ,पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्मा लगाएतको उपस्थिती रहेको थियो ।
सुनवल नगरपालिकाको आयोजना तथा राइजिंग स्टार सामुदायिक बिकास प्रतिष्ठान सुनवल  १२ भुमहीको ब्यवस्थापनमा हुन लागेको तेस्रो मेयरकप  प्रतियोगिता भोलि दिउसो एक बजे उद्घाटन गरीने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.