Jilla Ban Notis

सुनवल नगरपालिकाको स्मार्टपालिका अभियानमा हाम्रो यात्रा ।

0 31

कृष्ण पाण्डेय

पौष १३
सुनवल नगरपालिकाको स्मार्टपालिका अभियानलाई सार्थकता प्रदान गर्न ११ नं. वडामा खटिएका सर्वेक्षक स्वयंसेवकको समूह  सुनवल नगरपालिका ११ बेवरे र मिजादामर गएका थियौ । करिब बिहान ७ बजे जर्गाहा देखी लगभग ४ घण्टाको पैदल यात्रा पछी ११ बजे बेवरे पुगेयौ । र सर्वेक्षण सुरु गरेयौ । त्यहाँ करिब १४ (९ं+५) घरधुरीको सर्वेक्षण गर्दा लगभग ५र६ जना बालबालिका (२(८ बर्ष उमेर समूह) को जन्मदर्ता नभएको पाइयो । त्यसपछि त्यहाँका स्थानीयलाई भेला गरि जन्मदर्ता सम्बन्धि जानकारी गरायौं ।  बेवरे र मिजादामर को घरधुरी सर्वेक्षण सकेपछि त्यहाँ भएका बालबालिकालाई मिठाई बितरण गरि हामी लगभग ३ घण्टाको पहाडको पैदल यात्रा पछी धुर्कोट गाउँ पुगेयौ । अनि त्यहाँका सबैजसो बालबालिकाको जन्मदर्ता रहेछ तर ३ जना वृद्धहरुको कुनै प्रकारको परिचयपत्र रहेनछ ।र त्यहाको मुख्य समस्या यातायात रहेछ । अनि त्यहाको सर्वेक्षण सकेपछि करिब २ घण्टाको पहाडको उकालो ओरालो गोरेटो हुदै धुर्कोट फेदि झरेउ र रात निकै भएकाले त्यहाबाट अटोरिक्सामा घर फर्कियौ ।  यो दृश्य देख्दा नेपालका संघियता आएको र संघियताले केन्द्रको सेवा सुविद्या सबै गाऊ गाऊमा गएको भने पनि. बेवरे र मिजादामरका जनताहरुलाई त्यसले केहि छुन सकेनछ । नत त्यहां जनतामा खासै सचेतना आएको रहेको छ । नत सतेचना दिन कोहि गएको रहेछ । गएत केवल भोट वैंकका लागि चुनावी प्रचार प्रसारमा गए अन्था कुनै ब्यक्ति तहां गएको रहेन छ ।  गरीव तथा असाहायहरुको जिवन स्तर उकासनका लागि काम गर्ने गैरसरकारी संस्थाहरुको पनि त्यहां कुनै आँखा पुग्न सकेको देखिएन । अब त्यस्ता वस्तीहरुमा छुट्टै योउटा अभियान नै संचालन गर्न जरुरी छ जुन अभियानले उनीहरुको गाँस वास र कपासमा सहजता ल्याउन सकोस ्।

Leave A Reply

Your email address will not be published.