Jilla Ban Notis

सुनवल नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतको स्वागत र विदाई एकसाथ ।

0 31

रमेश भुसाल
सुनवल, श्रावण–१३
उद्योग वाणिज्य संघ सुनवलले आज एक कार्यक्रमका विच सुनवल नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृतको स्वागत र विदाई कार्यक्रम एक साथ गरेको छ । वागलुङको गलकोट नगरपालिकाबाट सरुवा भई सुनवल नगरपालिकामा आउनुभएका नबआगान्तुक शिशिर पौडेललाई स्वागत गरेको हो भने वितग साढे तिन बर्ष सम्म सुनवल नगरपालिकामा कुशलताका साथ कार्य सम्पादन गर्नुभई संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा सरुवा हुनुभएका प्रमुख प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठको विदाई गरेको हो ।
सो आवसरमा नव आगान्तुक प्रमुख प्रशाशकिय अधिकृत शिशिर पौडेलले सुनवल नगरपालिकालाई समृद्ध गराउन आफु प्रयत्नशिल रहने भन्दै सवैको सल्लाहा सुझबको समेत अपेक्षा गरेको बताउनुभयो । त्यस्तै सुनवल नगरपालिका बाट सरुवा हुनुभएका प्रमुख प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठले आफ्नो जागिरे जिवनमै सवै भन्दा लामो समय सुनवलमा व्यातित गरेको भन्दै सुनवल नगरपाकिा स्थानिय तहहरुमा उत्कृष्ट रहेको र आगामि दिनमा पनि यसले निरन्तरता पाउने मा आफु विश्वस्त रहेको बताउनुभयो ।
त्यस्तै उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचयाले नव आगान्तुक प्रमुख प्रसासकिय अधिकृतबाट सुनवलका उद्योगी ब्यावसायिहरुले थप उर्जाशिल वन्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको बताउनुभयो । त्यस्तै सुनवल नगरपालिकामा लामो समय सम्म कार्यकाल विताउनुभएका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठको कार्यकालमा उद्योग वाणिज्य संघ सुनवलले काम गर्ने प्रयाप्त अवसर मात्र प्राप्त गरेको नभई उर्जाशिल नेतृत्व विकास गर्ने सौभाग्य समेत प्राप्त गरेकाले संघ र उद्योगी व्यावसायीहरुको लागी स्वर्णयुग सरह भएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
त्यसैगरि उद्योग वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले संघको बारेमा जानकारी गराउदै नबआगान्तुक प्रशाशकिय अधिकृत शिशिर पौडेल लाई स्वागत गर्दै बिद्याई भई जान लाग्नुभएका प्रशाशकिय अधिकृत रामलाल श्रेष्ठको कार्यकुशलताको प्रशंसासहित स्वागत तथा विद्याई समारोहमा आफ्नो धारणा राख्नुभएको थियो ।
स्वागत तथा विदाई कार्यक्रममा पाल्ही माध्य नेपाल यातायत प्रा.लिका अध्यक्ष ऋषिराम पौडेल, पेट्रोलियम एसोसियसन पश्चिमाञ्चलका अध्यक्ष प्रेम नरायण न्यौपाने, लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उमाकान्त उपाध्याय, राईजिङ स्टार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम चापागाई लागएत बोल्नुभएको थियो । कार्यक्रममा पश्चिमाञ्चल ट्रक ब्यावासायि संघका सेक्टर उपाध्यक्ष खिम बहादुर थापा, इट्टा व्यावसायि संघका केन्द्रिय सदस्य कृष्ण नारायण श्रेष्ठ लागएत यस क्षेत्रका उद्योगी तथा व्यावसायिहरुको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा रहेको कार्यक्रमको संचालन संघका महासचिव तेजप्रसाद भण्डारी संचालन गर्नुभएको थियो भने समापन सचिव ईश्वरी भण्डारीले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.