Jilla Ban Notis

सुनवल नगरक्षेत्रमा किटाणु नाशक औषधि छर्किने तयारी,दैवी प्रकोपकोषमा १ लाख ६६ हजार रकम जम्मा ।

0 17

पुजा लाम्साल
सुनवल,१६ चैत
महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को सम्भाबित संक्रमण रोकथामका लागि सुनवल नगरपालिकाले किटाणु नाशक विशेष औषधि छर्किने भएको छ । कोरोना प्रकोप विरुद्धको पूर्व तयारीको कामलाई सुनवल नगरपालिकाले तिब्र बनाएको छ । यो सँगै नगरपालिकाले नगरका सवै ठाउँमा इन्फेक्सनविरुद्ध औषधि छर्किने भएको हो । यहि चैत १८ गते मंगलबार बिहान ८ बजे देखि ३ दिन सम्म नगरका सवै वडामा मानव स्वास्थ्यलाई असर नगर्ने खालको किटाणु नाशक विशेष औषधि छर्किने सुनवल नगरपालिकाका सिनियर अहेव अधिकृत चुरामिण नेपालले जानकारी दिनुभएको छ । उक्त समयमा घर भित्र बस्ने तथा खाद्य सामाग्री र लत्ता कपडा सुरक्षित राख्न नगरबासिमा अनुरोध समेत गरिएको छ ।  कोरोना भाइरसको रोकथाम तथा निदान र नगरबासिको सुरक्षाको लागि सुनवल नगरपालिकाले कुनै कसर बाकि नराख्ने नगरप्रमुख भिमबहादुर थापाले बताउनुभयो । यसैगरि विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस कोभिड–१९को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि बिभिन्न संघसस्था , कर्मचारी, व्यक्तिहरुले बिभिन्न माध्यमबाट सक्दो सहयोग गर्ने क्रम बढ्दै गएको छ । नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा हाल सम्म १ लाख ६६ हजार ८ सय रुपैया जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ ।
यसैगरि सुनवल ११ जर्गाहमा रहेको क्वारान्टाइन होममा कोरोनाका लक्षण देखिएका बिरामीको संख्या २४ पुगेको छ । भारत लगायत अन्य मुलुकबाट नेपाल आएका मध्य सुनवल नगरपालिकाका १ सय १५ जना थिए । हाल २४ जना नगरपालिकाको क्वारान्टाइनमा छन् भने ६९ जना आफ्नै होम क्वारान्टाइनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.