Jilla Ban Notis

 सुनवल दुई रजहवामा बिद्युत सर्ट भएर लागलागी हुदा सम्पुर्ण सामान , लत्ताकपडा, खाद्यवस्तु जलेर नस्ट ।

1 42

उर्मिला यादव

सुनवल,पुस ११
पश्चिम नवलपरासीको सुनवल दुई रजहवामा बिद्युत सर्ट भएर लागलागी भएको छ । आज शुक्रबार साझ ६ बजेको समयमा सुनवल नगरपालिका वडा नम्बर २ रजाहवा बस्ने शंकर धरिकारको घरमा विद्युतको लाइन बाट आगो लागेको हो । आगलागीका कारण उहाको घरमा भएको सम्पुर्ण सामान , लत्ताकपडा, खाद्यवस्तु जलेर नस्ट भएको स्थानिय ज्ञानचन्द यादवले जानकारी दिनु भएको छ । आग लागीबाट कुनै मानवीय क्षति नभएको उहाले बताउनु भएको छ । क्षतिको बिवरण अझै आउन बाकी रहेको छ । यस्तै गरी आग लागी भएको केहि समयमा नै सुनवल नगरपालिका प्रमुख भिमबहादुर थापा क्षेत्रीले त्यस ठाउमा पुगी पिडित धरीकारलाइ आफनो तर्फबाट त्रिपाल, कम्मल , सिरक लगायतका सामानहरु सहयोग गर्नु भएको छ । उहाले पिडित पक्षलाइ नगरपालिकाबाट हुने सम्पुर्ण सेवा र सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

1 Comment
  1. बैजनाथ says

    जय होस मेयर ज्यूको

Leave A Reply

Your email address will not be published.