Jilla Ban Notis

सुनवल खानेपानी संस्थामा फेरी नेकपाले नेतृत्व लिदैँ ।

0 17
विनय वस्याल
सुनवल, १ फागुन 
सुनवलकै मिनी निर्वाचनको रुपमा हेरिएको सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले फेरी नेतृत्व पाउने भएको छ । संस्थाको नयाँ नेतृत्व चयनका लागि वडा स्तरमा भएको प्रतिनिधि छनौटमा नेकपाले स्पष्ट बहुमत प्राप्त गरेको छ ।   यस हिसावले अबको नेतृत्व नेकपाकै आउनेमा कुनै दुईमत देखिदैँन । हाल नेपाली कांग्रेसले  नेतृत्व गरिरहेको छ । स्थानीय तह निर्वाचनमा नगरपालिकाको र खानेपानी संस्थाको नेतृत्व पाएको भन्दै हौसिएको कांग्रेसलाई यो चुनावले निकै धक्का लागेको छ । सुनवल नगरपालिकाका नगरवासीले हरेक वडामा भएका निर्वाचनलाई पुर्व मिनी चुनावको रुपमा रहेको सुनवलका वासिन्दाले बताएका छन्। हालको कार्यसमितिका १२ जना प्रतिनिधि सहित कुल १६२ जना प्रतिनिधि छनौट भएकोमा नेकपा एक्लैका १३६ जना प्रतिनिधि छनौट भएका छन् । बाँकी २४ जना नेपाली कांग्रेस र २ जना राप्रपाका प्रतिनिधि चुनिएका छन्।सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा ३ हजार उपभोक्ता रहेका छन्। खानेपानी आयोजना सुनवल नगरपालिकाका वडा नं १,२,३,४,६र१०मा सन्चालन गरिएको छ।
No Comments
  1. कृष्ण प्रसाद पाठक says

    अझै भनिहाल्न सकिने अवस्था देख्दिन म त

Leave A Reply

Your email address will not be published.