Jilla Ban Notis

सुनवल उद्योग वाणिज्य संघद्धारा दुई ठाँउमा खाद्य वैंक संचालन

0 41

सुनवल,भदौं १८
उद्योग वाणिज्य संघ सुनवल नवलपरासीले खाद्य वैंक आज देखि संचालनमा ल्याएको छ । कोभिड १९ का कारण लामो समयसम्म वन्दावन्दी रहेको कारण काम गर्न नपाई छाक र्टान समेत समस्यामा परेका दैनिक मजदुरी गरी खाने अति विपन्नहरुको लागी खाद्य वैंक संचालन गरेको उद्योग वाणिज्य संघ सुनवललले जनाएको छ ।

हुनेले दिएर जानुहोस नहुनेले लिएर जानुहोस भन्ने नारा सहित संघले सुनवल चोक र भुमहिमा एकैसाथ खाद्य वैंक संचालनमा ल्याएको हो । खाद्य वैंकमा हुनेलाई ल्याउन आग्रह गरिएको छ भने नहुनेलाई लैजान भनिएको छ ।

दैनिक मजदुरी गरेर खाने निम्नवर्गकाहरको घरमा चुलो चौको बलोस भनेर संचालन ल्याइएको खाद्य वैंक उद्योग वणिज्य संघ सुनवलको मात्र नभएर सवै नगरवासिहरुको रहेको भन्दै सवैको सहयोगको अपेक्षा सहित आफु पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षित राखैं , आफु पनि वाचौं र अरुलाई पनि बचाउ भन्ने उद्देश्यका साथ खाद्य वैंक संचालनमा ल्याइएको संघ का अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो ।

उद्योग वाणिज्य संघ सुनवलका पदाधिकारीहरु र सहयोगी मनका धनिहरु बाट संचालनमा ल्याइएको खाद्य वैंकमा स्थानिय व्यापारी, संघसस्था , समाजसेवि लागएतलाई सहयोगको लागी आह्वान गरिएको र सहयोग आइरहदा सम्म खाद्य वैंक संचालनलाई निरन्तरता दिने आपुर्ति संयोजक तथा संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलको बताउनुभयो ।

खाद्य वैंकबाट चामल, दाल, सोयाविन , नुन, तेल उपलब्ध गराइएको छ भने संघले संचालनमा ल्याएको खाद्य वैंक संचालनको लागी सहयोगी संस्थाका रुपमा लायन्स क्लव र लियो क्लव रहेको संघका महासचिव तेजु भण्डारीले जानकारी दिनुभयो । संघले एकै चोटि दुई ठाँउबाट खाद्य वैंक संचालनमा ल्याएपछि काम गर्न नपाई विहान साझँ छाक टार्न समेत धौ धौ भएका गरिब तथा मजदुरहरु लाभान्वित हुने देखिएको छ ।

Leave A Reply

Your email address will not be published.