Jilla Ban Notis

सुनवललाई समृद्धनगर बनाउन कृषिक्रान्ति जरुरीः नगरप्रमुख अर्याल

0 41

गौरीशंकर जयसवाल

परासी २५ साउन

सुनवल नगरपालिकाले रोजगारसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाले सुनवलमा सरोकावालाहरुसंग रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । रोजागरीको सुनिश्चित गर्ने अधिकारलाई मध्यनजर गर्दै सुनवललाई कसरी समृद्ध बनाउने र सुनवलका युवायुगती,स्थानियबासीहरुलाई आत्मनिर्भर बनाउन उद्येश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालले बताईन ।

अभिमुखिकरण कार्यक्रममा वोल्दै अर्यालले बिदेशी सामन भन्दा आफैले आफै कसरी उपभोग्य बस्तु उत्पादन गरी आत्मनिर्भर बनाउनको लागि नगरपालिका लागि परेको बताईन । कृषि उत्पादन मार्फत रोजगारी वढाउ नगरपालिकाले सहयोग गर्ने बताउदै कृषि उत्पादनको वजारीकरणको समेत व्यवस्था नगरपालिकाले गर्ने नगरप्रमुख अर्यालको भनाई थियो । सुनवललाई समृद्ध नगर बनाउनको लागि कृषिमा क्रान्ति गर्न जरुरी रहेको बताईन ।

उनले युवायुगती र स्थानियबासीहरुलाई आत्मा निर्र्भर बनाउनको लागि र उत्पादन गर्नको लागि आवश्यक पर्ने ऋण लगानीकतासंग समन्वय ,सहकार्य नगरपालिकाले अगाडी प्रकृया बढाईएको बताईन । सुनवल नगरपालिकाभित्र बाझौ खेत रहेको त्यसको डाटा संकलन र बिद्यालयहरुमा के कति जग्गा छ यसको तथ्याथ्क संकलन गर्न जस्तो कृषि क्याम्पस अन्य बिद्यालयमा जग्गा एकिन गरी सो क्षेत्रमा लागनी गर्ने बतार्ईन । कार्यक्रममा वोल्दै नगर उपप्रमुख सुर्य प्रसाद दुवेले नगरको आर्थिक विकास र वृद्धिको लागी उत्पादनमा जोड दिनुपर्ने बताए ।

अभिमुखिकरण कार्यक्रमलाई सहजिकरण गर्दे महेन्द्र वहुमुखि क्याम्पस दाङका उपप्रध्यापक सुन्दर गौतमले जनप्रतिनिधि , जनता र कार्यकर्ता विचको सम्वन्ध, सकरात्मक सोच र व्यावहार सम्वन्धीका वारेमा प्रस्तुतिकरण गरेका थिए । श्री जनज्योति मा.वि सुर्खेतका प्रध्यानाध्यापक नारायण प्रसाद सिग्देलले पढ्दै कमाउदै अभियानको विषयमा जानकारी दिदै विद्यार्थीहरुलाई पढाउने मात्र नभएर उनीहरुको रुचिअनुसार काम गर्न लागाउने र आर्थिक उपार्जन पनि हुने बताए । कार्यक्रममा सुनवल नगरपालिकाका जनप्रतिनिधीहरु साथै शैक्षिक, सामामाजिक ,राजनैतिक र विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता नगरपालिका रोजगार संयोजक शंकर पंन्थीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.