Jilla Ban Notis

सुनवलमा सवारी दुर्घट्ना हुदां एक को मृत्यु ।

0 33

सुनवल, चैत–१
शुक्रबार साँझा नवलपरासीको सुनवलमा भएको सवारी दुर्घटनामा परिएक जनाको मृत्यु भएको बताईएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको एच आर ४५ वि ६३३१ नं को भारतीय ट्रकले विपरीत दिशाबाट आर्ईरहेको लु १७ प ७३९४ नं को स्कुटीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामापरि मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नं १४ बस्ने २४ वर्षका प्रदिप अग्रहरी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।  साँझ ७ बजेको समयमा सुनवल–५ बनकट्टीमा ट्रकको ठक्करबाट गम्भिर घाइते अग्रहरीको उपचारका क्रममा पृथ्वी चन्द्र अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.