Jilla Ban Notis

सुनवलमा भाद्र १ गते देखि योग कक्षा संचालन हुने ।

0 89

उमानाथ पोखरेल
सुनवल,साउन–२४
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको सुनवल सामुदायिक सिकाई केन्द्रले भाद्र १ गते देखि योग कक्षा संचालन गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारले गरेको लकडाउनका कारण रोकिएको योग कक्षा यहि भाद्र १ गते देखि संचालन हुने सिकाई केन्द्रले जनाएको छ । सिकाई केन्द्रको आफ्नै भवनमा संचालन हुने योग कक्षामा नेपाल सरकारको निर्देशनलाई पालना गर्दै सहभागिहरुलाई समेत सो सम्वन्धी सचेत पारीने सिकाई केन्द्रले जनाएको छ ।
योग कक्षा संचालन भएदेखि ५५ जनाले निरन्तर लाभ प्राप्त गरेको थिए । अवका दिनमा वढिमा २५ जनालो योग कक्षामा सहभागिता जनाउने छन् । गत चैत्र ८ गते देखि योग कक्षा वन्द हुदाँ सहभागिहरुले आफुहरुलाई चिन्ता लागेको बताएका छन् । निरन्तर योग जाँदा सुगर प्रेसर बाथ , जोर्नि दुखाई जस्ता समस्याहरको कम भएको महशुस गरेका हरुले समेत योग कक्षा छिट्ै संचालन गर्न समेत योग कक्षामा सहभागिहरुको आग्रह रहेको छ । दैनिक एक कप चिया को पैसा दिने तर चिया पिउन चाहेमा सुनवल सिकाई केन्द्रलेनै व्यवस्था गर्ने गरि विं सं २०७६ मार्ग १६ गते देखि योग कक्षा संचालनमा आएको थियो ।
सुनवल नगरपालिकालाई साक्षर बनाउनका लागी महत्वपुर्ण भुमिका खेलेको सुनवल सामुदायिक सिकाई केन्द्रले पछिल्ला दिनहरुमा योग शिविर, योग कक्षा, निरन्तर सिकाई र समुहमा अयामुलक गतिविधिहरु समेत संचालन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.