Jilla Ban Notis

सुनवलमा भएको प्रादेशिक औधोगिक व्यापार मेला–२०७६को समिक्षा तथा आय व्यय सर्वजनीक ।

0 16

कृष्ण ढकाल
सुनवल,फागुन–१८
गत मंसिरमा सुनवलमा भएको प्रादेशिक औधोगिक व्यापार मेला–२०७६को समिक्षा तथा आय व्यय सर्वजनीक गरीएको छ । उद्योग बाणिज्य संघ सुनवलले आयोजना गरेको प्रादेशिक औधोगिक व्यापार मेला–२०७६को समिक्षा कार्यक्रम सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतको प्रमुख आतिथ्यता र संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा सम्पन्न् भएको थियो । संघका महासचिव तेज प्रसाद भण्डारीको संचालन सदस्य यज्ञ पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा संघका बाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले मेलाको आय व्यय बिबरण सार्वजनिक गर्नुभएको थियो ।  ‘कृषि पर्यटन उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार’ भन्ने नाराका साथ संचालित प्रादेशिक औधोगिक व्यापार मेला २०७६ को आय व्यय सार्वजनिकीकरण तथा समिक्षा कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भबिश्वसर तिवारी, खानेपानी महासंघका केन्द्रिय सदस्य थान प्रसाद गैरे, नेपाली कांगे्रस सुनवल नगर सचिव जयराम बस्याल, सुनवल नगरपालिका वडा नं १ का वडाध्यक्ष बिनप्रसाद बुढाथोकि, ३ का  कर्ण बहादुर शेन, ४ का बिरबहादुर गुरुगं, ५ का थमन शिह नेपाली र वडान १२ का यमलाल पाण्डे लगायत कार्यपालिका सदस्य, बिभिन्न संघ सस्थाका प्रतिनिधि, उद्योगि व्यवसायि लगाएत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा ७१ लख २४ हजार बराबरको कारोबार भएको र मेला संचालन खर्च घटाएर जम्मा २६ हजार ९७ रुपैया बचत गर्न सफल भएको जानकारी गराईएको थियो । समिक्षा तथा आय व्यय सर्वजनीक कार्यक्रममा बोल्ने वक्ताहरुले मेलाले घरेलु उद्योगलाई टेवा पुगेको भन्दै आगामि दिनमा पनि घरेलु, कृषि, लघु उद्यमिलाई प्रोत्साहन हुने गरि मेला आयोजना गर्न सुझाव दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले अवको मेलामा स्थानिय उत्पादनलाई मेलामा अनिवार्र्य समावेश गर्नपर्ने बताउदै सुनवलमै २० बिगाहा जग्गामा औधोगिक ग्राम बनाउदै गरेकोले यसले पनि व्यापार मेलालाई ठुलो सहयोग गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.