Jilla Ban Notis

सुनवलमा भएको ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ को उपाधि अन्नपुर्णलाई ।

0 38

पुजा लम्साल
सुनवल ,पुस २७

‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ को उपाधि अन्नपुर्ण स्कुलले जितेको छ । ‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लवको आयोजनामा सिर्दाथ सिसु सदन स्कुल सुनवल पश्चिम नवलपरासीको खेल मैदानमा पुष २३ देखि सुरु भएको उक्त फुटसल प्रतियोगिताको आज अन्नपुर्ण र सोमनाथ बिच भएको फाइनल खेलमा सोमनाथ लाई ३ः२ गोल अन्तरले पराजित गर्दै अन्नपुर्णले बिजय हासिल गरेको बिद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभएको छ । यससंगै अन्नपुर्णले नगद रु १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगिताको उपबिजेता बनेको सोमनाथले नगद रु ७ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । ९ टिमको सहभागिता रहेको प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गर्ने टिम लोटस र सिद्धार्थलाई ३ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिएको छ । सो अवसरमा उत्कृष्ठ खेलाडि अन्नपुर्णका पे्रम थापा, धेरै गोल कर्ता(१५ गोल) सोमनाथका बेदनाथ भट्टाई, बेस्ट गोल किपर सोमनाथका बिकास आचार्य, बेस्ठ डिफेन्डर अन्नपुर्णकै पे्रम थापा, र बेस्ट पेलेर अफ टुर्नामेन्ट सिद्धार्थका संसार रानामगर घोषित भएका छन् । उनिहरुले मेडल र प्रमाणपत्र प्राप्त गरको आयोजकले जानकारी दिएको छ । बालक्लवका अध्यक्ष सस्कार कर्माचार्य एवं उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सापकोटा र जिल्ला फुटवल संघ नवलपरासीका उपाध्यक्ष ज्ञानु गुरुगंको बिशिष्ट आतिथ्यता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.