Jilla Ban Notis

 सुनवलमा  ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ सुरु ।

0 30

पुजा लम्साल,२३ पुस

पश्चिम नवलपरासीको सुनवलमा आज देखि ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ सुरु भएको छ । ‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लव सुनवल ४ नवलपरासीले फुटसल प्रतियोगिता आयोजना गरेको हो । ९ टिमको सहभागिता रहेको प्रतियोगिता २५ गते सम्म संचालन हुने छ । सिद्धार्थ शिसु सदन बोडिङ स्कुलको प्राङ्गणमा आज एक कार्यक्रमका बिच प्याप्सन नवलपरासीका अध्यक्ष इन्द्र बहादुर गुरुगंले समुद्घाटन गर्नुभएको छ । प्रतियोगिताको समुद्घाटन गर्दै प्रमुख अतिथि गुरुगंले अनाथ बालबालिकाहरुको संरक्षणार्थ आयोजना गरिएका यस किसिमका कार्यक्रमबाट सहयोग पुग्नेमा बिश्वास व्यक्त गर्नुभयो । बालक्लवका अध्यक्ष सस्कार कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याप्सन प्रदेश नं ५का सदस्य धनराज चापागाई, सुनवल प्याप्सन अध्यक्ष शंकर गौतम, जिसन नवलपरासीका बरिष्ठ उपाध्यक्ष संतोष रौनियार लगायत बिभिन्न बिद्यालयका अध्यक्ष, प्रिन्सिपल, शिक्षक शिक्षिका हरुको उपस्थिति थियो ।आज ३ समुह बिच प्रतिष्पर्धा भएको छ । सोमनाथ बाबा स्कुल र लोटस इलिस स्कुल बिच भएको खेलमा सोमनाथ बिजय भएको छ । लोटसलाई ३ का बिरुद्ध ४ गोलले पराजित गर्दै सोमनाथ बिजय भएको हो । यसैगरि अन्नपुर्ण स्कुल र लुम्बिनि स्कुल बिच भएको खेलमा अन्नपुर्ण बिजय भएको छ । लुम्बिनिलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै अन्नपुर्ण बिजय भएको हो । यसैगरि सिस्किन स्कुल र ज्ञानज्योति स्कुल बिच भएको खेलमा सिस्किनले २ गोल र ज्ञानज्योतिले २ गोल को बरावरीमा टुगिंएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार र द्धितिय हुने टिमले नगद रु ७ हजार सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सस्था सिद्धार्थ बालक्लवले जनाएको छ । यसैगरि सेमिफाइनल प्रवेश गर्ने टिमलाई नगद रु ३ हजार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.