Jilla Ban Notis

सुनवलमा पहिलो पटक शारिरिक सुगठन प्रतियोगिता हुदै ।

0 32

कृष्ण ढकाल
सुनवल,मंसीर–१४
सुनवलमा पहिलो पटक शारिरिक सुगठन प्रतियोगिता हुदै छ । भुल भैरव जिम एण्ड फिट्नेश सुनवल नवलपारसीको आयोजनामा यही पुष ५ गते सञ्चालन हुने शारिरिक सुगठन प्रतियोगिताका वारेमा आयोजकले शनिबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो । दोस्रो भलु भैरव फिट्नेश शारिरिक सुगठन प्रतियोगिता २०७६ कानामले संचालन गर्न लागिएको उक्त प्रतियोगितामा भुल भैरव जिम एण्ड फिट्नेशका ५ वटा शाखाहरुका ४० बढीले सहभागिता जनाउने भलु भैरवका सस्थापक अध्यक्ष जिवन गिरिले बताउनु भएको थियो । उहांले प्रतियोगितामा ६ वटा ओजन समुहका प्रतियोगिलाई समाबेश गराइने र प्रतिोगितामा प्रथम, दितिय र तृतिय हुने सहभागिलाई जनही १०, हजार ५ हजार र ३ हजार मेडल सहित प्रमाणपत्रको ब्यवस्था गरिएको र अल ओभर विजेतालाई नगद ५० हजार उपलब्ध गराइने समेत पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
भुल भैरव जिम एण्ड फिट्नेश सुनवलका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता र भलु भैरवका सस्थापक अध्यक्ष जिवन गिरिको प्रमुख आतिथयतामा पत्रकार सम्मेलन गरीएको थियो । प्रतियोगितामा राष्ट्रिय कलाकारहरुको समेत उपस्थिती रहने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.