Jilla Ban Notis

सुनवलमा दोश्रो औद्योगिक व्यापार मेला २०७९ शुरु,समग्र विकासका निम्ति छलफल ः मन्त्री प्रधान (भिडियो)

0 81

सुनवल,माघ–१०

कृषि, पर्यटन र व्यापार राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ पश्चिम नवलपरासीको सुनवलमा मङ्गलबार देखी दोश्रो औद्योगिक व्यापार मेला २०७९ शुरु भएको छ । उद्योग बाणिज्य संघ सुनवलको आयोजनामा सुरु भएको मेलाको एक समारोहका विच कानून न्याय तथा संसदीय मामीला मन्त्री धुब्र बहादुर प्रधानले उद्घाटन गर्नुभएको छ । मेलाको समुद्घाटन गर्दै मन्त्री प्रधानले अहिलेको सरकार जनातालाई कसरी खुसी राख्ने भन्ने सोचका साथ अगाडी बढेको बताउनुभयो । उहाले यस क्षेत्रको समग्र विकासका निम्ति अन्य मन्त्रालयसंग समेत छलफल गरीरहेको बताउनुभयो । अहिले उद्योगी व्यवसायीहरु समेत धरासयी भएको अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरुको समस्या समाधानका लागि मन्त्रीपरिषदमा छलफल भईरहेको मन्त्री प्रधानले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य खडक बस्नेतले यस क्षेत्रको भौतिक,समाजिक,शैक्षिक लगायत समग्र विकासमा आफु निरन्तर लागिरहने बताउनुभयो । यस्तै सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले समृद्ध सुनवल सुखी सुनवल वासी बनाउन नगर लागि रहेको बताउनुभयो । कार्यक्रममा निवर्तमान नगरप्रमुख भिमबहादुर थापाले सुनवलको समग्र विकासलाई जोड दिदै औधोगिक ग्रामलाई अगाडी बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष गुणनिधि तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष उज्जवल कसजु, लगायतले आ आफ्ना भनाई राख्नुभएको थियो ।

यस क्षेत्रका उद्योगी, व्यापार व्यवसाय, कृषिको प्रवद्र्धन गर्न र सुनवलको पहिचानका लागि मेलाको आयोजना गरीएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले बताउनुभयो । आगामी माघ २२ गतेसम्म सञ्चालन हुने मेलामा नेपालका घरेलु साना, सम्झौला तथा ठूला उद्योगहरुका अतिरिक्त बिदेशका बस्तुहरु र पहाडी कृषि जन्यका गरी १ सय ५० स्टल रहेका संघका वाणिज्य उपाध्यक्ष तथा मेला आर्थिक समिति संयोजक लेखनाथ खरेलले जानकारी दिनुभयो । मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र मेलाबाट करिव १० करोड वरावरको कारोबार गर्ने लक्ष्य राखिएको उहाले बताउनुभयो ।

मेला अवलोकनका लागी जेष्ठ नागरिकलाई निशुल्क टिकटको व्यवस्था, विद्यार्थिलाई ७० र अन्यलाई १०० रुपैया टिकटको व्यवस्था गरीएको संघका महासचिव एव्ां प्रचार प्रसार समिति संयोजक तेजु भण्डारीले जानकारी दिनुभयो । मेलालाई प्रर्दशनी तथा बिक्री कक्ष, संस्कृतिक तथा सांगितीक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी मुख्य चार भागमा बिभाजन गरिएको छ । मेलामा स्थानिय कलाकार तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने संघका सदस्य एवं सांस्कृतिक संयोजक रमेश पराजुलीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.