Jilla Ban Notis

सुनवलमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन

0 19

उर्मिला यादव

सुनवल,मंसिर ६

सुनवल नगरपालिका .वडा नं.३  र ६ मा आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रमका बिच उदघाटन गरीएको छ । सुनवल नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्ण बहादुर सेन  ठकुरी  र वडा नम्बर ६ का वडाअध्यक्ष राम प्रसाद लामातामांगको अध्यक्षता तथा सुनवल नगरपालिका नगरप्रमुख  भिमबहादुर थापा क्षेत्रीको प्रमुख आथित्यता तथा उपप्रमुख दधिराम अर्यालको बिशिष्ठ आथित्यतामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीएको हो ।
सुनवल नगरपालिका वडा नम्बर तीन र ६ मा  स्थापना गरीएको आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट के कस्ता सेवा सुबिधा प्रदान गरीने त्यहाका स्थानियलाइ सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराउनु भएको थियो । भने कार्यक्रम संचालन सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव  अधिकृत चुरामणी नेपालले गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधी , समाजसेवी, बाल क्लब, युवा समुह , स्थानिय ब्यक्तित्व लगायत सरोकारवाला ब्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो । यस्तै गरी भोलि  सुनवल नगरपालिका वडा नम्बर ५ बनकटटी र वडा नम्बर १३ बडेरामा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उदघाटन गरीने  सुनवल नगरपालिका स्वास्थ्य शाखा सिनीयर अहेव  अधिकृत चुरामणी नेपालले जानकारी दिनु भएको छ । सुनवल नगरपालिकाले नगरभित्र रहेका वडा नम्बर २ , ३, ४ , ५, ६ सात र वडा नम्बर १३ मा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गर्ने जनाएको छ  ।

Leave A Reply

Your email address will not be published.