Jilla Ban Notis

सुनवलमा आजदेखि नियमित योगाभ्यास शुरु ।

0 25

मोहन पौडेल
परासी, १६ मंसिर

पश्चिम नवलपरासीको सुनवलमा आजदेखि नियमित योगभ्यास शुरु भएको छ । सुनवल सामुदायिक सिकाई केन्द्र नवलपरासीको आयोजनामा आजदेखि नियमित रुपमा योग अभ्यास कक्षा सञ्चालन गरिएको हो । सिकाई केन्द्रकै भवन सुनवल– १ मा विहान साढे पाँचदेखि सातबजेसम्म दैनिक रुपमा निःशुल्क योगाभ्यास कक्षा सञ्चालन हुने केन्द्रले जनाएको छ ।
आज विहान सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्यालको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी नियमति योग अभ्यास कक्षाको शुभारम्भ गरिएको हो । सो अवसरमा बोल्दै उपमेयर अर्यालले सम्पूर्ण सुनवलवासीलाई योगको माध्यमबाट निरोगी बनाउन नगरपालिकाले पर्याप्त बजेट विनियोजन गर्ने बताउनुभयो । सवै सुनवलवासीलाई योग गर्न आग्रह गर्दै नगरपालिकाले योग शिक्षकको पनि व्यवस्था गर्ने जानकारी दिनुभयो ।
मानिसलाई तनाव मुक्त जीवन जिउन प्रेरित गर्ने र स्वास्थ्य तथा रोगबाट मुक्तिका लागि प्रेरित गर्ने उद्देश्यले दैनिक यागाभ्यास सञ्चालन गरिएको सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले बताउनुभयो ।
आधुनिकताको नाममा विभिन्न किसिमको शारीरिक अभ्यासहरु गर्न छाडिसकेको अवस्थाले गर्दा मानसिक समस्या धेरै हुने र त्यस्तो अवस्थामा योगले सहयोगी बन्न सक्छ भन्ने सोचले सिकाई केन्द्रले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
जीवन विज्ञान संस्था बुटवलका योग शिक्षक हरिप्रसाद पोखरेलले दैनिक योगअभ्यास गराउनुहुनेछ । उहाँले कार्यक्रममा बोल्दै शरीरको हार्डजोर्नी, नसा, ढाडसम्बन्धी रोग भएकालाई पनि योगले फाइदा पु¥याउँछ , जो अल्छी मानेर बसिरहेका हुन्छन,त्यस्ता व्यक्तिलाई मानसिक समस्या भने भइरहन्छ ,यस्तो अवस्थामा योग गर्ने हो भने सकारात्मक बनाउने काम गर्छ, योगले मान्छेलाई मनोवल बढाउने र उत्साह जगाउने काम गर्छ भन्नुभयो ।
मनलाई खुशी र मानसिक समस्या हटाउनको लागि योगको ठूलो भूमिका हुन्छ । तनावको कारण पनि शरीरमा रोग लाग्छ । तनाव भयो भने त्यसले अल्सर हुन सक्छ । अल्सरपछि क्यान्सर पनि हुन सक्छ । यस्तै मधुमेह, ब्लड प्रेसर, हृदयघात हुने समस्या पनि हुन सक्छ ।सिकाई केन्द्रका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सुनवल–३ का वडाध्यक्ष कर्णबहादुर सेन, प्राध्यापक हुमकान्त पाण्डे, सिकाई केन्द्रका उपाध्यक्ष सञ्जय श्रेष्ठ लगायतले बोल्नुभएको सिकाई केन्द्रकी सामाजिक परिचालिका शिक्षा अर्याल पाठकले बताउनुभयो । यसअघि सिकाई केन्द्रले गत कात्तिक २४ गतेपनि सुनवलमा बृहत्त योग शिविर सञ्चालन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.