Jilla Ban Notis

सुनवलको तुरिया खोलामा अबैध चोरी निकासी बढेयो ,सम्बन्धित निकाय मौन ।

0 74

गौरीशंकर जयसवाल

परासी २३ भदौ
नवलपरासीमा लक डाउनको मौका छोपी सुनवलको तुरिया खोलामा अबैध चोरीनिकासी बढेको छ । सुनवल नगरपालिकाको वडानं ४ स्थिती तुरिया खोलामा लकडाउनको मौका छोपी रातको समयमा अबैध चोरी निकासी बढेको छ। तुरिया खोलामा रातको समयमा दिनहु चोरी निकासी बढेको स्थानियबासीहरुले बताएका छन । लकडाउनको मौका छोपी रातको समयमा कोही नभएकोबेला खोलामा रातभर एक्सभेटर प्रयोग गरेर ढुगा गिट्टी बालुवा चोरी निकासी तस्कारहरु गरिरहेका छन ।

रातको समयमै र स्थानियबासीहरु सुतेपछि तस्कारहरुले ढुगा गिट्टी बालुवा चोरी गर्ने गरेको सुनवल नगरपालिका वडानं ४ का स्थानिबासी संञ्जय श्रेष्ठले बताए ।  उनले भने रातको समयमा तस्कारहरुले खोलामा एक्सभेटर प्रयोग गरेर ढुगा गिट्टी बालुवा चोरी निकासी गरिहेका छन् । रातको समयमा खोलामै एक्सभेर प्रयोग गरेर ढुगा गिट्टी बालुवा दैनिक ५० ट्क्याटर बढी चोेरी निकासी गरीरहेको श्रेष्ठले बताए । तृरिया खोलाबाट दैनिक रुपमा ढुगा गिट्टी बालुवा चोरी निकासी हुदँं तीन लाख राजश्व चुहावट भैरहेको श्रेष्ठको भनाई छ ।

अबैध रुपमा तुरिया खोलाबाट ढुगा गिट्टी बालुवा निकासी हुदंँ त्यस क्षेत्रका बस्तीहरु जोखिम परेका छन । अबैध रुपममा खोलाबाट ढुगा गिट्टी बालुवा निकासी हुदंँ त्यस क्षेत्रमा पहिरोको जोखिम पनि उत्तिकै बढेको स्थानिबासीहरुले बताएका छन ।  तृरीया खोलामा ढुगा गिट्टी बालुवा चोरी निकासी बढेपनि जिल्ला समन्वय समिती जिल्ला प्रशासन कार्यालय नगरपालिका सबै सम्बन्धीत निकाय मौन रहेकाछन । तिन वटा निकायहरु मौनहुदां तस्कारहरुले तुरिया खोलाबाट मानोमानी रुपमा ढुगा गिट्टी बालुवा चोरी निकासी बढेको स्थानियवासीहरुको गुनासो रहेको छ ।

Leave A Reply

Your email address will not be published.