Jilla Ban Notis

सुनवलका स्थानीयले तीन ट्रक गाई–गोरु नियन्त्रणमा लिएर फर्काईदिए ।

0 31

सुनवल,पुष–४
गाईगोरु बोकेका तीनवटा ट्रकलाई आज नवलपरासीको सुनवलमा स्थानीयले नियन्त्रणमा लिएपछि केहिवेर सुनवलमा स्थानीय र प्रहरीबीच विवाद भएको थियो । पश्चिमवाट गोरु लिएर आएका ३ वटा ट्रकलाई सुनवलका स्थानियवासी र योगी सन्तहरुले आफ्नो नियन्त्रणमा लिएका थिए ।

तस्विर ः राजु ढकाल

पूर्वको झापातर्फ लैजांदै गरेका ३ ट्रक गोरुहरु सुनवलमा नियन्त्रण गरेसंगै स्थानीय र प्रहरीबीच विवाद भएपछि सुनवल चौराहमा प्रहरीले थपसुरक्षा अपनाएको थियो । पूर्वतर्फ लैजादै गरेका ति गोरुहरुको स्वास्थ्य परीक्षणको प्रमाण पत्र सहितको आवश्यक पर्ने कागजपत्र भएको भन्दै प्रहरीले गोरु नियन्त्रणमा लिन नमिल्ने भन्दै छोड्न आग्रह गरेको थियो ।

तस्विर ः राजु ढकाल

अन्तत् ३ वटै ट्रकमा रहेका ८२ वटा गोरुहरुलाई जतावाट आएका थिए उतै फर्काउने भन्दै रुपन्देही प्रहरीसंग समन्वयगरी फर्काइएको बताईएको छ । यस अघिपनि सर्लाही हुंदै झापा लैजानने भन्दै रुपन्देहीवाट लैजादै गरेको एक टङक गोरु तथा गाईहरु नियन्त्रणमाा लिएर देवदहको गौशालामा राखिएको थियो । यसरी लगीएका गाई तथा गोरुहरु काकडभिट्टाहुंदै बंगलादेशमा मासुका लागि लानेगरेको स्थानियहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.