Jilla Ban Notis

सुनचाँदी ब्यवसायीहरुबीच एकता हुन जरुरी ः अध्यक्ष सुनार

0 21

भुमहि,पौष–२६
सुनचाँदी ब्यवसायीहरुबीच एकता हुन जरुरी रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारले बताउनु भएको छ । नवलपरासी सुनचाँदी ब्यवसायी संघको चौथो बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष सुनारले उक्त कुरा बताउनु भएको हो । उहाँले ब्यवसायि विच एकता नभएकै कारण ब्यवसायिहरुको पक्षमा कामगर्न राज्यलाई दबाब दिन समेत नसकिएको बताउनु भएको थियो । त्यसैगरी सुनचाँदी व्यवसायीहरु आफ्नो ब्यवसाय प्रतिम र्यादित भएर संचालन गर्न पनि आग्रह गर्नु भएको थियो । नवलपरासीको भुमहिमा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी, नेपाली काँग्रेसका जिल्ला सचिव बिक्रम यादव, नवलपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष गोविन्द वि.क. ,नापतौल तथा गुणस्तर कार्यालय बुटवलका रमेश पाण्डे,सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य , लगायतको उपस्थिती रहेको थियो । नवलपरासी सुनचाँदी ब्यवसायी संघका अध्यक्ष राजेन्द्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लवकुश बंर्माको स्वागत तथा सचिव प्रकाश कुमार श्रीपालको संचालनमा सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.