Jilla Ban Notis

सुखौरामा बैदेशिक रोजगार संग सम्बन्धीत अभिमुखीकरण कार्यक्रम

0 48

रामु भुषाल
बर्दघाट,चैत्र–९
पश्चिम नवलपरासीको बर्दघाट २ सुखौरामा बैदेशिक रोजगार संग सम्बन्धित ब्यक्ति तथा परिवारका लागी दुई दिवसिय समुदाय स्तरिय अभिमुखीकरण कार्यक्रम सोमबार समापन गरिएको छ ।
नेपाल सरकार र स्वीस सरकार बीच भएको द्धिपक्षिय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय सरकारहरुको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधीक सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तरगत बर्दघाट नगरपालिकाको नेतृत्व र इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा आइतबार देखी सञ्चालित बैदेशिक रोजगार संग सम्बन्धित ब्यक्ति तथा परिवारका लागी दुई दिवसिय समुदाय स्तरिय अभिमुखीकरण कार्यसम्पन्न भएको हो ।
बर्दघाट वडा नम्बर २ का वडासदस्य प्रेम सोमैको अध्यक्षतामा सम्पन्न भएको तालिममा बोल्दै कार्यक्रमका अध्यक्ष सोमैले तालिममा सिकेका कुरा ब्यवहारमा उतार्न अनुरोध गर्दै बैदेशिक रोजगारीका नाममा हुने ठगि अझै पनि नरोकिएको हुदा सबै सचेत हुनुपर्ने कुरामाथि जोड दिनुभएको थियो ।
सोमैले बैदेशिक रोजगारीमा सुचना र सिपको अहम भुमिका रहने हुदा बैदेशिक रोजगारीमा जादा यी कुराहरुमा ख्याल गर्न आग्रह गर्नुभएको थियो । सो अवसरमा सुखौरा टोल विकास सस्थाका सचिव अमर श्रीस मगर, भद्रकाली प्रहरी सुखौराका ब्यवस्थापन समिति अध्यक्ष देवान बहादुर गुरुंग लगाएतले मन्तब्य राख्नुभएको थियो ।
तालिममा बैदेशिक रोजगारी संग सम्बन्धीत विदेशवाट फर्केर आएका फेरी जान तैयारी गरेका, सम्भावित कामदार र विदेशमा रहेका घर परिवार लगाएत ४० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सामी परियोजनाका कार्यक्रम समयोजक ज्ञानेश्वर भण्डारी, मनो परामर्शकर्ता तारा सापकोटा, परियोजनाका रिटर्नी भोलिन्टियर रामु भुषाल, अमर नारायण चौधरी र राजन अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
तालिममा विदेश जानु अघि अपनाउनु पर्ने सावधानी, विदेशमा आउन सक्ने समस्या, विमा र श्रमको महत्त्व वैदेशिक रोजगारीमा आउने समस्याको कानुनी उपचार र नेपाल सरकारले प्रदान गर्ने निशुल्क सिप र महिला कामदारले बैदेशिक रोजगारीमा जादा अपनाउनुपर्ने कुराहरुका बारेमा जानकारी गराउनुका साथै सहभागीका समस्याबारे छलफल समेत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.