Jilla Ban Notis

सियारी गाउपालिकाको विपद व्यवस्थापन कोशमा सहयोगी दाताहरुको वृद्धि ।

0 115

तुलसी राम पौडेल
फर्साटिकर, चैत्र–२५
बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण बाट बच्न गरिएको लक डाउनबाट प्रभावित सियारी गाउपालिकाका अति विपन्न घरपरिवारलाई राहत दिने उद्देश्यले सियारी गाउपालिकाले स्थापना गरेको विपद व्यवस्थापन राहत कोषमा सहयोग गर्ने सहयोगिहरुको संख्यामा दिन प्रतिदिन वृद्धि भैरहेको छ । सहयोगी दाताहरु अन्तरगत रिजाल कन्ट्रक्सन सियारी –६ ले सियारि गाउपालिकाको विपद व्यवस्थापन राहत कोषमा पचास हजार रुपैया रकम प्रदान गरेको छ । त्यसै गरि अर्घाखाँची सिमेन्ट उद्योग बाट दुई लाख रुपैया ,साधु बहुउद्देश्यीय सहकारी सस्थाबाट पचास हजार रुपैया ,जन उत्थान बचत तथा ऋृण सहकारी सस्थावाट पचास हजार रुपैया ,एन .आइसी एसिया बैंक बाट पचास हजार रुपैया बराबरको खाद्यान्न , लुम्बिनी इट्टा व्यावसायी बाट तीस हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यसै गरि गाउपालिका र वडा कार्यालयका कार्यरत कर्मचारीहरुले १० दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ भने गाउपालिका अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,वडा सदस्य लगायत जनप्रतिनिधिहरुले पाउने सुविधाबाट १५ दिन बराबरको रकम विपद व्यवस्थापन राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.