Jilla Ban Notis

सियारिमा विपन्न परिवारलाई धमाधम राहत वितरण ।

0 30

तुलसी राम पौडेल
सियारी,चैत –१९
विश्व व्यापी महामारिको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को लक डाउनवाट प्रभावित दैनिक ज्यालादारी गरेर छाक टार्ने अति विपन्न घरपरिवारलाई रुपन्देहीको सियारी गाउंपालिकाले घर घरमा गएर राहत सामाग्री वितरण गरेको छ ।   राहत सामाग्रीको रूपमा चामल ,दाल र नुनको पोका बितरण गरिएको छ । ठूलो परिवारलाई २० किलो चामल ,२ किलो दाल र एक केजि नुनको पोका वितरण गरिएको छ भने सानो परिवारलाई १० किलो चामल ,दुई किलो दाल र एक केजि नुन वितरण गरिएको छ । बुधबार सियारी गाउपालिका अन्तरगतका वाड नम्बर ६ , ७ र ५ का अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । सियारी वाड नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङले ९० जनालाई राहत वितरण गरिएको बताउनु भयो । सियारी वाड नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारिले वडाका १०५ विपन्न घर परिवारलाई राहत वितरण गरिएको बताउनु भएको छ । त्यसै गरि सियारी वाड नम्बर ५ का वडा अध्यक्ष थमन  बहादुर पौडेलले  वडाका ५५ जनालाई राहत वितरण गरिएको बताउनु भयो।  सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले गाउपालिका विपन्न परिवारलाई अहिले एक हप्ताको लागि राहत वितरण गर्न लागेको आवश्यकता अनुसार पछि राहत थप गरिने बताउनु भयो।रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बेस हुने हुनाले कोरोना रोगको भाइरस बाट बच्न लक डाउनको नियमलाइ जिम्मेवारी तरिकाले पालन गर्नुपर्नेमा जोड दिनु भयो ।
ज्वरो र खोकी एकसाथ हुनेवित्तिकै तुरुन्तै स्वास्थ चेक गराउनु पर्ने ,स्वास्थ जाचको सहज होस भन्ने उद्देश्यले सियारी गाउपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरिएको बताउनु भयो। स्वास्थसेवाको जटिल अवस्थामा दुई ठाउमा ६ बेडको आइसोलेसन बनाउने गाउपालिकाले तयारी गरेको बताउनु भयो। कोरोना रोगको जटिलता पार गर्नको लागि सियारी गाउपालिका २४ घण्टा सेवामा तत्पर रहेकोे बताउनु भयो । सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले कोरोना रोगको  आक्रमण बाट वचन घरबाट ननिस्कन आग्रह गर्नुभयो। गाउपालिका भित्रका अति बिपन्न घरपरिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यले गाउपालिकाका सम्पूर्ण वडाका सम्पूर्ण अति विपन्न परिवारलाई क्रमशः राहत वितरण गर्न लागेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.